२०८१ कार्तिक ६, १८:२०
#ब्रेकिङ न्युज

कुवेतमा बन्धक भएकी सपनाको उद्दार गरिदिन ठटाल परिवारद्वारा अपिल

इटाभट्टा । विगत तीन महिनादेखि कुवेतमा बन्धक बनाईएकी मेचीनगरकी सपना ठटाललाई उद्दार गराई दिन परिवारले सार्वजनिक अपिल गरेको छ ।मेचीनगर-८, मेचे गाउँ निवासी २८ वर्षीय सपना ठटाल काठमाण्डौंस्थीत अल्फा क्लब मेनपावरमार्फत ७ महिना अघि कुवेत पुगेकी थिइन् ।

कुवेतमा बन्धक बनाईएकी आफ्नी छोरीको सकुशल उद्दार गरिदिन आमा कृष्णमाया परियारले सबैमा अनुरोध गरिन्  ।हाल उनी कुवेतस्थीत अल्जाहारा सहर घर नं १७ मा बन्धक  अवस्थामा रहेको सपनाका श्रीमान श्यामबहादुर दर्जीले पत्रकारसमक्ष बताए ।

परिवारको अनुरोधमा शनिबार प्रेस क्लब मेचीनगरले सपनाको अवस्थाबारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।मेन पावरका एजेण्ट नारायण थापाले काम लगाईदिने भन्दै सपनालाई कुवेत पुर्याएर अलपत्र बनाएको सपनाका श्रीमान दर्जीले बताए ।

सपना गत पुस २९ गतेदेखि परिवारको सम्पर्कमा थिइनन् । तीन महिनादेखि सम्पर्क विहीन सपनाले १० दिन अगाडि साथीको मोबाइलबाट फोन गरेर आफुलाई बन्धक बनाएर राखेको उनका श्रीमानलाई बताएकी थिइन् ।उनका श्रीमानका अनुसार भाउजू पुष्पा दर्जीमार्फत एजेन्ट थापासँग सम्पर्क भएको थियो ।

हाल एजेन्ट थापालाई सम्पर्क गर्दा कुवेतको साहुले फिरौती बापत ९ लाख रुपैयाँ माग गरिरहेको र सो रकमको व्यवस्था गर्न थापाले भनेको सपनाकी दिदी सम्झना ठटालले बताईन् ।पारिवारिक अवस्था कमजोर रहेका कारण सपनालाई नेपाल झिकाउन नसकेको भन्दै उनलाई नेपाल ल्याउन आवश्यक पहल गरिदिन सरोकारवाला सबैमा परिवारले अनुरोध गरेको छ ।

बन्धक बनाइएकी सपनाका ९ वर्ष र १४ महिनाका दुई छोराहरु छन् ।

कुवेतमा बन्धक भएकी सपनाको उद्दार गरिदिन ठटाल परिवारद्वारा अपिल

सशस्त्रद्वारा ब्राउन सुगरसहित दुई जना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *