२०८१ कार्तिक ६, १४:०६
#ब्रेकिङ न्युज #स्वास्थ

मेचीनगर–५ मा स्वास्थ्य शिविर सम्पन्न, १ सय ४० ले लिए सेवा

मेचीनगर । मेचीनगर–५ को आयोजनामा दुई दिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर पूर्व परीक्षण सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा महिलाहरुको पाठेघरको ‘भिया टेस्ट’ क्यान्सर पूर्व परीक्षण, स्तन क्यान्सर पूर्व स्क्रीनिङ जाँच गरिनुका साथै फिजिसियनद्वारा स्वास्थ्य जाँच समेत गरिएको थियो ।
शिविरमा स्त्री रोग विशेषज्ञ डा. एलिजा गौतमले महिलाहरुलाई जाँच गरेकी थिइन् । फिजिसियन एमबिबिएस डा. सञ्जिव यादवले अन्य स्वास्थ्य जाँच गरेका थिए । १ सय ३० जना महिला र १० जना पुरुष गरी १ सय ४० जनाले शिविरबाट सेवा लिएका थिए । जाँचको क्रममा ६ जना महिलाको पाठेघर सम्बन्धी समस्याको आशंका गरिएको र थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर रिफर गरिएको आधारभूत स्वास्थ्य चौकीका इञ्चार्ज धनकुमारी राईले जानकारी दिइन् ।
मेचीनगर–५ को वडा बजेटबाट सञ्चालन भएको शिविरको प्राविधिक सहयोग आधारभूत स्वास्थ्य केन्द्र मेचीनगर–५ र मेचीनगर स्वास्थ्य शाखाको रहेको थियो । स्वास्थ्य शिविरबाट चिया श्रमिक, विपन्न परिवार, मजदुरहरुले सेवा लिएका थिए । स्वास्थ्यमा सजगता ल्याउने प्रयासलाई निरन्तरता दिइने वडा सदस्य पुष्पकुमार गेलालले बताए । उनले भौतिक विकास निर्माणसँगै स्वास्थ्य क्षेत्रमा समेत वडाको लगानी रहने बताए ।
उद्घाटन सत्रमा मेचीनगर–५ का वडा अध्यक्ष कनकबहादुर कार्कीको सभापतित्व रहेको थियो । कार्यक्रममा डा. एलिजा गौतम, डा. सञ्जिव यादव, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, सि.अ.हे.व. हरिशचन्द्र देवकोटा, कार्यपालिका सदस्य माया प्याकुरेल, वडा सदस्यहरु पुष्पकुमार गेलाल, मनकुमार लिम्बू, देवीमाया विश्वकर्मा, वडा सचिव राजेन्द्र राईलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन अँधेरी आधारभूत स्वास्थ्य चौकीका इञ्चार्ज धनकुमारी राईले गरेकी थिइन् ।

मेचीनगर–५ मा स्वास्थ्य शिविर सम्पन्न, १ सय ४० ले लिए सेवा

सशस्त्रद्वारा ब्राउन सुगरसहित दुई जना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *