२०८१ कार्तिक ६, १६:३०
#खेलकुद #ब्रेकिङ न्युज

दोश्रो जेसीज फुटबल प्रतियोगिताः काँकरभिट्टा एफटीसी फाइनलमा

बाहुनडाँगी । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा काँकरभिट्टा फुटबल टे«निङ सेन्टर फाइनल प्रवेश गरेको छ । मंगलबार सम्पन्न सेमिफाइनलमा रोलिङ फुटबल क्लब धुलाबारीविरुद्ध १–० को कठिन जीत निकाल्दै काँकरभिट्टा फुटबल टे«निङ सेन्टर उपाधि नजिक पुगेको हो ।
काँकरभिट्टाका आशिष चापागाईले गरेको एक गोलनै निर्णायक बन्यो । ६४ आँै मिनेटमा आशिषले गरेको प्रहारले सिधैँ जाली चुमेको थियो । खेल अवधिभर धेरै समय बल पोजिसनमा राखेको काँकरभिट्टाले गोल गर्ने थुप्रै अवसर खेल फाल्यो । खेलको १५ औँ मिनेटमा काँकरभिट्टाका आशिष चापागाईले गरेको कर्नर किकलाई सञ्जित राईले गरेको हेडलाई धुलाबारीको डिफेन्सले क्लियर गरेका थिए । त्यसैगरी, २२ औँ मिनेटमा काँकरभिट्टाका योगेश गुरुङले गरेको फ्रिकिक प्रहारलाई सञ्जय धिमालले हेडमार्फत गोल पोष्टको दिशा देखाएपनि गोलरक्षक युवराज पुरी बाधक बन्दा अग्रता लिन सकेन । ३४ औँ मिनेटमा काँकरभिट्टाका सञ्जय धिमालले दोश्रो बार च्याप्दै हानेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ५२ औँ मिनेटमा काँकरभिट्टाका खमिर गिल्सन कन्दङ्वाले गरेको प्रहार गोलरक्षक युवराज पुरीले पन्च गरेर बचाए ।
इञ्जुरी समयमा धुलाबारीका पुजन राईले गरेको लेफ फुटेट सर्टलाई काँकरभिट्टाका गोलरक्षक देवेन भुजेलले पन्च गरेर बचाए । खेलको म्यान अफ दी म्याच आशिष चापागाई घोषित भएसँगै नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
प्रतियोगितामा आठवटा टिमले सहभागिता जनाएका छन् । बिजेता टिमले एक लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ५१ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीले नगद ५ हजारसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
बाहुनडाँगी जेसीज सचिवालय निर्माण गर्ने हेतुले आयोजित फुटबल प्रतियोगितामा झापा गोल्डकप र जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ । प्रतियोगिताको फाइनल खेल चैत २२ गते काँकरभिट्टा फुटबल टे«निङ सेन्टर र बाहुनडाँगी युवा क्लबबीच हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *