२०८१ कार्तिक ६, २०:४५
#ब्रेकिङ न्युज

निरीक्षणको नाममा धेरै संख्यामा मानिसहरू परीक्षा हलमा नजानू: राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले निरीक्षणको नाममा पटक-पटक धेरै संख्यामा मानिसहरू परीक्षा हलमा नजान निर्देशन दिएको छ ।

बिहीबारदेखि सुरु भएको परीक्षामा निरीक्षणको नाममा आधिकारिकभन्दा पनि अन्य व्यक्तिहरू पनि पटक-पटक धेरै संख्यामा परीक्षा केन्द्र र परीक्षा हलमा जानाले परीक्षार्थीको लेखन कार्य प्रभावित भएको भन्ने गुनासा आएको भन्दै यसो नगर्न आग्रह गरेको हो ।

हिजो भएको अंग्रेजी विषयको परीक्षामा यस्तै समस्या भएको भनी केही जिल्लाका केन्द्रहरूबाट गुनासो आएको भन्दै अब यसो नगरी परीक्षालाई व्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न तथा गर्ने व्यवस्था मिलाउन बोर्डले एक विज्ञप्ति जारी गर्दै सोहीमार्फत् सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

निरीक्षणको नाममा धेरै संख्यामा मानिसहरू परीक्षा हलमा नजानू: राष्ट्रिय परीक्षा बोर्ड

२२ महिने बालकलाई बाेन म्याराे क्यान्सर, बराल

Leave a comment

Your email address will not be published. Required fields are marked *