२०८१ कार्तिक ६, १८:१९
#ब्रेकिङ न्युज

अदालतको आदेश अन्तिम हुन्छ मान्दिन भन्न पाईदैन : देवीभक्त श्रेष्ठ,हिकोला हेरिटेजका सञ्चालक

मेचीनगर- काकरभिट्टास्थीत होटल हिकोला हेरिटेजका सञ्चालक देवीभक्त श्रेष्ठले होटल सञ्चालनमा भएको अवरोध पछि अदालतले जारी गरेको आदेश कार्यान्वयनको माग राख्नु भएको छ । होटल सञ्चालनको बिषय र त्यससम्बन्धी अदालतले जारी गरेको आदेशका बारेमा जानकारी दिने उद्देश्यले आज आयोजित पत्रकार सम्मेलनमा घरधनीले अदालतको आदेशको अवहेलना गरेको बताउनु भएको छ ।

प्रेस क्लब मेचीनगरको कार्यालयमा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले , ‘सम्मानित अदालतको आदेश नमान्ने छुट कसैलाई छैन, अदालतको आदेशको अवहेलना गर्दै घरधनीले आफुले सञ्चालन गरिरहेको होटल जबरजस्ती कब्जा गर्नु भयो ।’श्रेष्ठका अनुसार आफुले घरधनीसंग गरेको भाडाको करार सम्झौता पूर्ण रुपमा पालना गरेको तर मेची उद्योग वाणिज्य संघले गलत प्रचार गरेको समेत आरोप लगाउनु भयो । ‘करार सम्झौता अनुसार मैले घर भाडा तिर्न बाँकी रहेको पुष्टी भएमा सबै भाडा तिरेर तत्काल घर छोड्न तयार छु,’ पत्रकार सम्मेलनमा श्रेष्ठले भन्नुभयो, ‘तर अदालतले पटक पटक आदेश जारी गरेर मलाई होटल सञ्चालन गर्न दिनु भन्दा समेत सरोकारवाला पक्षहरुले आदेशको अवहेलना गर्नु गलत हो ।’

काकरभिट्टास्थीत होटल हिकोला हेरिटेज सञ्चालनका सन्धर्भमा घर धनी बिष्णुमाया श्रेष्ठ दाहाल र होटल सञ्चालक देवीभक्त श्रेष्ठ बिच घरभाडाको बिषयमा लामो समयदेखिको बिवादका बिच गत महिना घरधनीले होटल सञ्चालकलाई हुलहुज्जत गरी हटाएर आफैंले होटल सञ्चालन गरे पछि होटल सञ्चालक देवीभक्त श्रेष्ठले उच्च अदालत बिराटनगरको इलाम इजलासमा मुद्दा दर्ता गराउनु भएको थियो ।

अदालतले पहिलो पटक फागुन ६ गते घरधनीका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गर्दै देवीभक्त श्रेष्ठलाई होटल चालउन दिनु भनी आदेश गरेको थियो । अदालतको आदेश पालना नभए पछि होटल सञ्चालक देवीभक्तले अदालतको अवहेलना सम्बन्धी मद्दा पुन दर्ता गराउनु भएको थियो । चार पटक सम्म अदालतले देवीभक्तलाई नै होटल सञ्चालन गर्न दिनुभनि आदेश गरी गरेको छ ।

पछिल्लो पटक पनि अदालतले अर्को आदेश जारी नहुन्जेलसम्मका लागि देवीभक्त श्रेष्ठलाई नै होटल सञ्चालन गर्न दिनु भनि घरधनी दाहाल, मेची उद्योग वाणिज्य संघ र होटल संघ मेचीनगरलाई अदालतको आदेश पालना नहुनु पर्ने कारण सहित हाजिर हुन चैत २५ गतेका लागि अदालतमा उपस्थीत हुन आदेश जारी गरेको पत्रकार सम्मेलनमा देबीभक्त श्रेष्ठले अदालतको आदेश देखाउँदै भन्नुभयो ।

 

 

 

 

 

 

 

 

 

 

Leave a comment

Your email address will not be published. Required fields are marked *