२०८१ कार्तिक ७, ०९:०३
#ब्रेकिङ न्युज

मेचीनगर १०द्वारा पदक जित्ने खेलाडीलाई सम्मान

झापा, १३ चैत । प्रथम मेचीनगर स्पोर्ट्स मेनिया खेलकुदमा वडा नम्बर- १० बाट पदक विजेता खेलाडी मंगलबार सम्मानित भएका छन् । मेचीनगरमा आयोजना भएको प्रथम मेचीनगर स्पोर्ट्स मेनिया पदक जित्ने खेलाडीलाई मेचीनगर- १० वडा कार्यालयले धुलाबारीमा एक कार्यक्रम आयोजना गर्दै सम्मान गरेको हो ।

काँकरभिट्टामा भएकाे प्रथम मेचीनगर स्पोर्ट्स मेनियामा मेचीनगर- १० वडा कार्यालयले १६ स्वर्ण १ रजत र ३ कास्यसहित कुल २० पदक जितेको थियो ।

खेलाडीहरुलाई प्रमुख अतिथि मेचीनगरपालिकाका सामाजिक विकास शाखा संयोजक हृदय राजवंशी लगायतले पुरस्कृत गरे । पुरस्कार वितरण कार्यक्रममा बोल्दै संयाेजक राजवंशीले आफूले नगरकाे खेलकुदको विकासका लागि आफ्नो तर्फबाट सक्दाे सहयाेग रहने बताए ।

कार्यक्रममा धुलावारी मा. वि. प्रधानाध्यापक महेन्द्र विलास लुईटेल, धुलावारी मा. वि. विधालय व्यवस्थापन समिति अध्यक्ष गणेष विक्रम नेम्वाङको विशेष आतिथ्य रहेकाे थियाे भने नेपाल राष्ट्रिय फुटवल प्रशिक्षक सचिन्द्र धिमाल, सरस्वती शिक्षा सदन प्रधानाध्यापक समिक्षा गौतम, कन्भेन्ट अग्रेजी मा.वि. प्रधानाध्यापक विक्रम क्षेत्रीलगायतको आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा मेचीनगर-१० का वडा सदस्य सोमनाथ ओझाले स्वागत गरेका थिए भने सञ्चालन मेचीनगर-१० का वडा सदस्य विशाल कार्कीकाे रहेकाे थियाे ।

मेचीनगर-१० का वडा अध्यक्ष नारायण खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

Leave a comment

Your email address will not be published. Required fields are marked *