२०८१ कार्तिक ७, ०९:१४
#ब्रेकिङ न्युज

हामीले नरिवल किन मठमन्दिरमा चढाउछौ? हेर्नुस्

मठमन्दिरमा नरिवल चढाउने गरिन्छ । यसरी नरिवल चढाउँदा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । भक्तजनहरूले मन्दिरमा सबैभन्दा बढी फूल चढाउँछन् । त्यसपछि नरीवरकाे पानी चढाउने गरिन्छ ।

नरिवललाई संस्कृतमा नारिकेल भनिन्छ। श्रीफला पनि भनिन्छ । जसको अर्थ ‘शुभ फल’ हुन्छ । त्यसैले शुभ प्राप्तिका लागि शुभ फल चढाउने प्रचलन सुरु भएको धार्मिक विश्वास रहँदै आएको छ ।

भगवानलाइ किन चढाइन्छ नरिवल ?

परापूर्वककालमा मानिसको बलिदान गरिन्थ्यो । पूजाआजा गर्दा कुनै महत्त्वपूर्ण कार्यको अगाडी मानिसलाई नै चढाउने चलन थियो । पछि यो कार्यमा कुरा उठ्न थालेपछि मानिसको ठाउँमा नरिवलले काम चलाउन थालिएको विश्वास गरिन्छ ।

किंवदन्ती अनुसार नर वलीको ठाउँमा नरिवललाई प्रयोग गरिएको पाइन्छ ।

हिन्दु धर्मग्रन्थ अनुसार नरिवल फल नै ऋषि विश्वामित्रले बनाएका थिए। राजा सत्यवर्त मानिसकै रुपमा स्वर्गलोक जान चाहन्थे तर स्वर्गका देवताहरूले आउन नदिएको कारणले सहयोगार्थ विश्वामित्रले नरिवलको उत्पत्ति गराएका थिए।

सत्यवर्त सूर्यवंशका चर्चित अनि धर्मात्मा राजा थिए । उनको एउटै इच्छा थियो, आफ्नो शरीर समेत नै स्वर्गलोक हुने ।

Leave a comment

Your email address will not be published. Required fields are marked *