२०८१ कार्तिक ७, ०८:१३
#ब्रेकिङ न्युज

मोटरसाइकल चोरीको पहिचान गरिदिने व्यक्तिलाई नगद २० हजार पुरस्कार दिने घोषणा

झापा । भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलले मोटरसाइकल चोरीको पहिचानसँगै पक्राउ गरिदिने व्यक्तिलाई नगद २० हजार पुरस्कार दिने घोषणा गरेको छ । हस्पिटलले बिहीबार सूचना जारी गर्दै चोरी घटनामा संलग्न रहेको बारेमा सूचना दिने व्यक्तिको नाम गोप्य राखिने जनाएको छ ।

हस्पिटल परिसरबाट चैत ५ गते दिउँसो ३ः४० मा एउटा पल्सर मोटरसाइकल चोरी भएको छ । हस्पिटलको लेखा शाखामा कार्यरत प्रितेश कर्णको नाममा रहेको प्र–१–०१–०१३ प ८८३१ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल हस्पिटलको मुख्य गेट अगाडि कर्मचारीको पार्किङ स्थलबाटै चोरी भएको थियो । मोटरसाइकल चोर्ने व्यक्ति हस्पिटलको सिसी क्यामेरामा देखिएको छ । उनले कालो मास्क लगाएर हस्पिटल प्रवेश गरेका थिए । त्यसपछि मोटरसाइकल लिएर उत्तरतर्फ गएका थिए ।

मास्कले छोपेको मोटरसाइकल चोर्ने व्यक्तिको पहिचान नजिकै झापा प्रहरी पुगिसकेका थिए ।प्रहरी उनको खोजीमा लागि परेको ती अधिकृतले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *