२०८१ कार्तिक ७, ०२:२०
#ब्रेकिङ न्युज

खन्तीले हानेर आफ्नै साथीको हत्या

बिर्तामोड। झापाको पृथ्वीनगरमा एक पुरुषले घटना आज बिहान ५ बजे खन्तीले हानेर आफ्नै साथीको हत्या गरेका छन् ।भद्रपुर नगरपालिका–२ स्थित साविक पृथ्वीनगर गाविस गौरीशङ्करमा अन्दाजी ३० वर्षीय कमान सिंह राई (लोक) ले अन्दाजी ३५ वर्षीय सनम राई (गंगा) को हत्या गरेका हुन् ।

सनम र कमान साथी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कमान गए राति सनमको घरमा गएर सुतेका थिए ।सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी कमानले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्या गरी राई घटनास्थलमै रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । पुरानो रिसइबीले हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *