२०८१ कार्तिक ६, २०:३६
#ब्रेकिङ न्युज

मोटरसाइकल दुर्घटनामा परी बुद्धशान्तिमा चालकको मृत्यु

झापा । झापाको बुद्धशान्तिमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधबार दिउँसो ३ः२० बजेको समयमा बुद्धशान्ति-१ नमुना चौकस्थित भित्री सडक खण्डमा बुधबारेबाट भोटेटारतर्फ जाँदै गरेको प्र ३–०२–००५ प ७१०९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक सोही ठाउँ बस्ने अन्दाजी ३३ वर्षीय धर्मेन्द्र सिजाली मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेर घाइते भई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा दिउँसो ३:४० बजे उपचारको क्रममा उनको मृत्यु भएको हो ।

त्यस्तै सोही मोटरसाइकलमा पछाडि सवार इलाम रोङ-१ बस्ने अन्दाजी ३४ वर्षीय कैलाश राई गम्भीर घाइते भएका छन् । टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर अवस्थाका राईको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *