श्रीमतीको हत्या गरी श्रीमानद्वारा आत्महत्या
बेलबारी। मोरङको बेलबारी नगरपालिका-१ मा एक पुरुषले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
बेलबारी-१ का ६० वर्षीय बमबहादुर लिम्बूले बुधबार बिहान १:३० बजे दाउ प्रहार गरी ४५ वर्षीया श्रीमती गीता लिम्बूको हत्या गरेका हुन् ।
दाउ प्रहारबाट गीताको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
लगत्तै बमबहादुर आफूले सोही दाउले घाँटी रेटेपछि उनी गम्भीर घाइते भएका थिए । प्रहरीले गम्भीर घाइते अवस्थामा बमबहादुरलाई फेला पारेको र उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल ल्याउन साथ बिहान ३ः२० बजेतिर उनको मृत्यु भएको बेलबारी प्रहरीले जनाएको छ ।
लिम्बू दम्पती बेलबारी–१ भेडा टोलस्थित निर्मला राईको घरमा ४ वर्षदेखि डेरामा बस्दै आएका थिए ।