२०८१ कार्तिक ६, १६:३१
#कोशी

विराट गोल्डकप चैत १५ देखि २४ गतेसम्म सञ्चालन हुने

विराटनगर। विराटनगरको ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण चैत १५ गतेदेखि २४ गतेसम्म विराटनगरको सहिद रंगशालामा सञ्चालन हुने छ ।

विराट गोल्डकप ट्रष्टले विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको उपस्थितिमा आज पत्रकार सम्मेलन गरेर आगामी प्रतियोगिताको तयारीका बारेमा जानकारी दिएको छ । ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले ‘हाम्रो सान, विराटनगरको पहिचान विराट गोल्डकप’ भन्ने मूल नाराका साथ रात्रिकालीन प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले प्रतियोगितालाई भव्य र सभ्य बनाउन सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो । उहाँका अनुसार २ वटा भारतीय, १ वटा भुटानी र ३ विभागीयसहित ७ वटा नेपाली गरेर प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने छ ।

प्रतियोगितामा भारतको साउथर्न समिति फुटबल क्लब कोलकाता, सिक्किम ड्रागन क्लब, भुटानको आरटीसी क्लब थिम्पु तथा नेपालका त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, मच्छिन्द्र, एनआरटी, चर्च ब्वाईज क्लब र सांग्रिला मोरङ एफएले सहभागिता जनाउने शाहीले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न १ करोड १८ लाख ४३ हजार २ सय रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । यो वर्ष विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।उहाँका अनुसार उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रूपैयाँका दरले प्रदान गरिने छ ।सर्वाेत्कृष्ट खेलाडीलाई मोटरसाइकल र प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई ११ हजार रूपैयाँ दिइने उनले बताउनुभयो ।

२०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट सुरु गरिएको गोल्डकप २०६२–०६३ सालको जनआन्दोलनपछि नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ ।

विराट गोल्डकप चैत १५ देखि २४ गतेसम्म सञ्चालन हुने

मेचीनगर स्पोर्ट्स मेनिया २०८० : मेचीनगर १०

विराट गोल्डकप चैत १५ देखि २४ गतेसम्म सञ्चालन हुने

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर,

Leave a comment

Your email address will not be published. Required fields are marked *