२०८१ कार्तिक ६, २३:५०
#ब्रेकिङ न्युज

सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको भन्दै दुर्गा प्रसाईंका बडीगार्ड पक्राउ

काठमाडौं । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने  झापाको एक व्यक्ति पक्राउ परेका छन् ।

सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्कालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिए ।खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् ।

प्रहरीले उनको साथबाट एउटा बन्दुक पनि बरामद गरेको छ।सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ ।

तस्विर साकेतिक

Leave a comment

Your email address will not be published. Required fields are marked *