२०८१ कार्तिक ७, ०२:४८

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

मेचीनगर-वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।प्रहरीले झापाको मेचीनगर नगरपालिका–१० घर भई हाल काठमाडौँ मैतीदेवी बस्ने २७ वर्षीय समित भट्टराईलाई पक्राउ गरेको हो ।

समितले पदमबहादुर बुढालाई ‘वैदेशिक रोजगारीको लागि न्युजिल्यान्ड पठाइदिन्छु, त्यसको लागि १४ लाख रुपैयाँ लाग्छ, न्युजिल्यान्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक २ लाख ५० हजार रुपैयाँ तलब हुन्छ’, भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।

पीडितबाट पटकपटक गरी जम्मा ४ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका उनलाई काठमाडौँ उपत्यका अपराध अनुन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चैत २ गते मीनभवनबाट पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

क्रिकेटमा मेचीनगर ९ र ६ को फाइनल

Leave a comment

Your email address will not be published. Required fields are marked *