२०८१ कार्तिक ६, १६:३४
#कोशी #खेलकुद

प्रथम मेचीनगर स्पोर्टस् मेनियाः बक्सिङमा मेचीनगर ६ पहिलो

मेचीनगर । मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत बक्सिङतर्फ मेचीनगर वडा नम्बर ६ प्रथम भएको छ ।
नगरको १५ वटै वडा सम्मेलित प्रतियोगितामा ४ स्वर्ण ४ रजत र २ कास्य गरी १० पदकसहित मेचीनगर ६ प्रथम भएको हो ।
प्रतियोगितामा २ स्वर्ण, १ रजत र १ कास्य गरी ४ पदकसहित मेचीनगर–१५ दोस्रो भएको छ । त्यसैगरी, मेचीनगर–७ तेस्रो भएको छ । मेचीनगर–७ ले १ स्वर्ण, १ रजत गरी २ पदक हात पा¥यो । चौथो स्थानमा रहेको मेचीनगर–८ ले १ रजत र १ कास्य गरी २ पदक जितेको थियो । मेचीनगर–१४ भने १ रजत पदकसहित पाँचौ स्थानमा रहेका छन् । मेचीनगर–१, २, ३, ४, ५, ९, १०, ११, १२, १३ पदकविहीन भएका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *