२०८१ कार्तिक ६, १६:१२
#खेलकुद #ब्रेकिङ न्युज

मेचीनगर स्पोर्टस् मेनिया: कराँतेतर्फ मेचीनगर ११ प्रथम

मेचीनगर । मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत करातेतर्फ मेचीनगर वडा नम्बर ११ ले प्रथम स्थान हासिल गरेको छ ।
नगरको १५ वटै वडा सम्मेलित प्रतियोगितामा ६ स्वर्ण २ रजत र ४ कास्य गरी १२ पदकसहित मेचीनगर ११ प्रथम भएको हो ।
प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ३ कास्य गरी ११ पदकसहित मेचीनगर–९ दोस्रो भएको छ । त्यसैगरी, मेचीनगर–१२ तेस्रो भएको छ । मेचीनगर–१२ ले २ स्वर्ण, २ रजत र २ कास्य गरी ६ पदक हात पा¥यो ।
चौथो स्थानमा रहेको मेचीनगर–४ ले १ स्वर्ण १ रजत र ३ कास्य गरी ५ पदक जितेको थियो । मेचीनगर– ७ र ८ भने पाँचौ स्थानमा रहेका छन् । समान १ स्वर्ण, १ रजत गरी २ पदक जितेका छन् । २ रजत प्राप्त गरेको मेचीनगर–२ छैटौ, १ रजत ६ कास्य प्राप्त गरेको मेचीनगर–३ सातौँ स्थानमा, १ रजत, ५ कास्य प्राप्त गरी मेचीनगर–६ आठौँ स्थानमा रहेका छन् । १ रजत ३ कास्यसहित मेचीनगर–१० नवौ स्थानमा रहेका थिए भने मेचीनगर–५, १३, १४ र १५ पदकविहीन भएका थिए ।

पुरस्कार वितरण कार्यक्रममा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, नगर उपप्रमुख मिना पोखरेल उप्रेती, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, नगर खेलकुद विकास समितिका उपाध्यक्ष रविन ओझालगायतले गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *