२०८१ कार्तिक ६, १८:११
#ब्रेकिङ न्युज

ब्राउन सुगरसहित बुद्धशान्तिका दुईजना पक्राउ

झापा- ५ ग्राम २० मिलिग्राम ब्राउन सुगरसहित झापा बुद्धशान्तिका दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बुद्धशान्ति ३ बस्ने २९ वर्षीय भीमबहादुर मगर र बुद्धशान्ति २ बस्ने २४ वर्षीय रोशन उपरकोटी रहेका छन्।

शनिबार साँझ ७:३० बजेको समयमा मेचीनगर –१३ स्थित चारआली– इलाम रोडमा लागुऔषधको कारोवार हुँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, धुलाबारी, लागुऔषध नियन्त्रण ब्यूरो, काँकरभिट्टा र प्रहरी चौकी, चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबारेतर्फबाट आउँदै गरेको मे ३ प १०२४ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गरेको थियो।त्यसक्रममा मोटरसाइकल चालक मगरको साथबाट ५ ग्राम २० मिलिग्राम ब्राउन सुगर फेला परेको थियाे।

सोही स्थानमा उनीसँगै लागुऔषध कारोवार गर्न खोज्ने बुद्धशान्ति २ बस्ने उपरकोटीलाई पनि नियन्त्रणमा लिइ लागुऔषध र मोटरसाइकलसहित इ.प्र.का.धुलाबारी ल्याई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले  जानकारी दिए।

Leave a comment

Your email address will not be published. Required fields are marked *