२०८१ कार्तिक ६, १६:३१
#ब्रेकिङ न्युज #समाज

बाहुनडाँगीमा कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा नकआउट फुटबल प्रतियोगिता हुँदै

बाहुनडाँगी । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा दोस्रो जेसीज नकआउट  प्रतियोगिता हुने भएको छ । बाहुनडाँगी जेसीजको आयोजनामा प्रतियोगिता चैत १५ देखि २२ गतेसम्म सञ्चालन हुने शनिबार प्रेस क्लव मेचीनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा जेसीजले सञ्चालन गर्ने प्रतियोगितामा आठवटा टिमले सहभागिता जनाउनेछन् । बाहुनडाँगी यूवा क्लव, काँकरभिट्टा फुटवल ट्रेनिङ सेन्टर, रोलिङ फुटबल क्लव धुलाबारी, शनिश्चरे फुटवल क्लव, कचनकलव फुटवल क्लव बनियानी, ब्रदर्स युनाइटेट क्लव चन्द्रगढी, सनसिटी एफसी इलाम र भारतको किलारामजोत एकलब्य युवा क्लवको सहभागिता रहनेछ ।
खेलमा बिजेता टिमले एक लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ५१ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीले नगद ५ हजारसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको प्रत्येक दिनको खेलको म्यान अफ दी म्याचले नगद १ हजार ५ सयसहित ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगिताको लागि भारतको ताराबारी निवासी नेत्रराज थापा क्षेत्रीले आर्थिक सहयोग गरेका छन् भने झापा गोल्डकपबाट समेत सहयोग प्राप्त हुने आयोजकले जनाएको छ । जेसीजले जेसीज सचिवालय निर्माण गर्ने हेतु आयोजित फूटवल प्रतियोगितामा रु ५ लाख खर्च अनुमान गरेको छ । जेसीज भवन निर्माणको लागि सन २०११ मा स्थानीय समाजसेवी हेमलाल भारतीले १० धुर जमिन निःशुल्क उपलब्ध गराएको र सोही जमिनमा भवन निर्माणको काम सुरु गर्ने अध्यक्ष बानियाँले जानकारी दिए ।
फुटबल खेलाडी उत्पादनको उर्वर भूमि मानिने बाहुण्डाँगीमा जेसीजले यस अघि सन २०११ मा जेसीज कप आयोजना गरेको थियो । सरस्वती मावि मेचीनगर–४ को प्राङ्गणमा हुने प्रतियोगितामा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *