२०८१ कार्तिक ६, १६:३०
#खेलकुद #ब्रेकिङ न्युज

मेचीनगर स्पोर्टस् मेनियाः क्रिकेटतर्फ मेचीनगर– २ र ६ अन्तिम चारमा

मेचीनगर । मेचीनगर वडा नम्बर २ र ६ प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत पुरुष क्रिकेटको सेमिफाइनल प्रवेश गरेका छन् । मेचीनगर ११ र १० भने उपाधि होडबाट बाहिरिएका छन् ।
तुर्केनी खेल मैदानमा शनिबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा मेचीनगर २ नम्बर वडा २३ रनले विजयी भयो । पहिले ब्याटिङ गरेको वडा नम्बर २ ले ८५ रन बटुलेको थियो । ८६ रनको लक्ष्य पछ्याएको वडा नम्बर ११ ले ६२ रन मात्र बनायो । खेलको म्यान अफ दी म्याच हृदय दुलाल घोषित भए ।
त्यसैगरी, शनिबारनै भएको दोश्रो क्वाटरफाइनल खेलबाट वडा नम्बर १० लाई ४१ रनले हराउँदै ६ नम्बर वडा अन्तिम चार प्रवेश गरेको छ । पहिले ब्याटिङ गरेको वडा नम्बर ६ ले १ सय ४८ रन बनाएको थियो । १ सय ४९ रनको लक्ष्य पछ्याएको वडा नम्बर १० ले १ सय ७ रन मात्र बनाउन सक्यो । खेलको म्यान अफ दी म्याच अमित दाहाल घोषित भएसँगै नगद तथा प्रमाणपत्र गरे ।
भोलिको पहिलो सेमिफाइनल खेल मेचीनगर–१ र ९ बीच र दोश्रो सेमिफाइनल खेल मेचीनगर– २ र ६ बीच हुने आयोजकले जनाएको छ । क्रिकेटतर्फ मिलन क्रिकेट क्लब र तुर्केनी स्पोर्टस् क्लबको प्राविधिक सहयोग रहेको थियो । नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल चैत ६ गते हुनेछ ।

मेचीनगर स्पोर्टस् मेनियाः क्रिकेटतर्फ मेचीनगर– २ र ६ अन्तिम चारमा

तरूल उत्पादन र प्रवर्द्धनमा मेचीनगरको चासो

Leave a comment

Your email address will not be published. Required fields are marked *