२०८१ कार्तिक ६, १४:१९
#मनाेरन्जन

प्रतिक गहतराजको ‘मलाई हराउन देऊ’ सार्वजनिक

झापा । गायक तथा निर्देशक प्रतिक गहतराजले ‘मलाई हराउन देऊ’ बोलको गीत बजारमा ल्याएका छन् । युगेन लोहार र प्रशंसा खड्काको अभिनयसहितको म्युजिक भिडियो ‘बिनोदजंग फिल्मस्’ युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । मेचीनगर ८ सालघारीमा बस्ने प्रतिक गहतराजको यो पहिलो सांगीतिक कोशेली हो ।
उनले नेपाली गीत संगीतलाई माया गर्न आग्रह गरे । उनले आफ्नो युटुव च्यानल ‘बिनोद जंग फिल्मस्’लाई सस्व्रmाइब गरिदिन आग्रह गरे । म्युजिक भिडियोमा युगेन लोहार, प्रशंसा खड्कालगायतको अभिनय रहेको छ ।

प्रतिक गहतराजले निर्देशन गरेको भिडियोलाई शुभ विवाह क्रियसन स्टुडियोले छायांकन गरेका हुन् । गीतलाई ओची स्टुडियोमा रेकर्ड गरिएको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *