२०८१ कार्तिक ६, २०:४८
#ब्रेकिङ न्युज

गौरादहमा नातिले गरे हजुरआमाको हत्या

विर्तामोड । झापाको गौरादहमा एक वृद्धाको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ । वृद्धा हजुरआमाको हत्या आरोपमा प्रहरीले नातिसहित चार जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ ।

झापा गौरादह नगरपालिका–७ निवासी ८२ वर्षीया वृद्धा नरमाया विकको हत्या आरोपमा नाति १७ वर्षीय धिरज विकसहित चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए । घटना फागुन २५ गते शिवरात्रिको मध्यरातको हो ।

लागुऔषध सेवन गरेका धिरजले वृद्धा हजुरआमा नरमायाको टाउकोमा रड प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी केसीले बताए । हत्या पश्चात् उनको शव ग्वालीमा लगेर पुरेका थिए । पाँच दिनदेखि आमा हराइरहेको भन्दै उनका छोरा रमेश विकले आज बिहान प्रहरीमा उजुरी दिएका थिए ।

‘प्रहरीमा उजुरी परे लगतै अनुसन्धान गर्दै जाँदा उनको हत्या भइसकेको र शव ग्वालीमा गाडिएको अवस्थामा फेला पर्‍यो,’ एसपी केसीले भने ।

नाति धिरजले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरिसकेको बताउँदै एसपी केसीले भने, ‘धिरजले सो घटनामा अन्य तीन जना साथी पनि संलग्न रहेको भन्यो ।’ सोही अनुसार अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएको उनको भनाई छ । शिवरात्रिका दिन लागुऔषध सेवन गरी धिरज पैसा माग्न हजुरआमालाई भेट्न घर पुगेका थिए ।

घरमा अरू कोही सदस्य नभएको बेला हजुरआमासँग पैसाको विषयमा विवाद भएको र धिरजले नशाको झोकमा हजुरआमाको हत्या गरेको हुन सक्ने अनुसन्धानको खुलेको प्रहरीले जनाएको छ ।

गौरादहमा नातिले गरे हजुरआमाको हत्या

मेचीनगरमा १ अर्ब ३५ करोड ८९ लाख

Leave a comment

Your email address will not be published. Required fields are marked *