२०८१ कार्तिक ६, १८:२२
#ब्रेकिङ न्युज

मेचीनगरमा १ अर्ब ३५ करोड ८९ लाख ६० हजार ५ सय ५५ रुपैयाँकाे बजेट सार्वजानिक

 मेचीनगर : झापाको मेचीनगर नगरपालिका मेचीनगर नगरकार्यपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशन बुधबारबाट शुरु भएको छ । नगरपालिकाको सभाहलमा मेचीनगर नगरकार्यपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशन कार्यक्रमका अध्यक्ष नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गर्नुभएको थियो ।

नगरसभाको उद्घाटन अवसरमा नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले अधिवेशनमा विनियोजन ऐन, २०८० लाई संशोधन गर्न बने को विधेयक, २०८० तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा सशर्त अनुदान, विशेष अनुदान, प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम सशत को उहाँले विभिन्न उपशीर्षकमा संघीय सरकारबाट हस्तान्तरित अनुदान समपुरक अनुदान स्वरुप बजेट प्राप्त भएको छ भने वडागतरुपमा विनियोजन गरिएको बजेट प्रस्तुत गर्नुभएको थियो ।

२०८० साल असार १० गते यस मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो अधिवेशनबाट चालु आर्थिक वर्ष २०८०/०८१ का लागि कुल १ अर्ब ३५ करोड ८९ लाख ६० हजार ५ सय ५५ रुपैयाँको आय-व्यय सहितको बजेट, नीति तथा कार्यक्रम स्वीकृत भएको थियो ।

हाल सम्मको वित्तिय प्रगति विनियोजनतर्फ चालु खर्च ८३ करोड ८७ लाख ६४ हजार ५२ रुपैयाँ २४ पैसा, पूजीँगत खर्च ५१ करोड ७६ लाख ९६ हजार ५ सय २ रुपैयाँ ७६ पैसा तथा वित्तिय व्यवस्थातर्फ २५ लाख रुपैयाँ रहेको उपप्रमुख उप्रेतीले जानकारी गराउनुभयो ।

यसैगरी, हालसम्मको ‐वित्तिय व्यवस्था सहितको) खर्चतर्फ चालु खर्चतर्फ ३५ करोड ८५ लाख ६० हजार १ सय ६५ रुपैयाँ शुन्य ९ पैसा तथा पूजीँगत खर्चतर्फ १० करोड २४ लाख ७८ हजार ९ सय ११ रुपैयाँको आर्थिक प्रतिवेदन उपप्रमुख उप्रेती नगरसभामा प्रस्तुत गर्नुभएको थियो । यसरी हेर्दा कूल वित्तिय प्रगति प्रतिशतमा ३३ दशमलव ९२ प्रतिशत देखिन्छ ।

विनियोजनतर्फको कुल रकम १ अर्ब ३५ करोड ८९ लाख ६० हजार ५ सय ५५ रुपैयाँ र खर्च भएको रकम ४६ करोड १० लाख३९ हजार ७६ रुपैयाँ १४ पैसा घटाउँदा मौज्दात ‐बाकी) रकम ८९ करोड ७९ लाख २१ हजार ४ सय ७८ रुपैयाँ ८६ पैसा रहेको छ ।

आन्तरिक राजस्वको हालसम्मको अनुमान र वास्तविक आय अनुमानित आयतर्फ ः १२ करोड ८७ लाख रुपैयाँ र हालसम्मको वास्तविक आय ८ करोड ३९ लाख २८ हजार ४ सय ८२ रुपैयाँ वा ६५ दशमलव २१ प्रतिशत रहेको छ ।

कार्यालयको क्षेत्र/उपक्षेत्र अन्तर्गत आर्थिक विकाश शाखातर्फ वार्षिक बजेट ७ करोड ५ लाख ६७ हजार ६ सय ६९ रुपैयाँ ९३ पैसा मध्ये ७६ लाख ७५ करोड ७ सय १६ रुपैयाँ वा १० दशमलव ८८ प्रतिशत खर्च भई ६ करोड २८ लाख ९१ हजार ९ सय ५३ रुपैयाँ ९३ पैसा मौज्दात रहेको छ ।

सवैभन्दा बढी कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ कुल बजेटको ५० दशमलव शुन्य ५ प्रतिशत खर्च भएको छ । यस शीर्षकमा २७ करोड १३ लाख ४ हजार ५२ रुपैयाँ २४ पैसा बजेट विनियोजन गरिएकोमा १३ करोड ५७ लाख ९२ हजार २ सय ६४ रुपैयाँ शुन्य ७ पैसा खर्च भएको छ ।

यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा यो अवधिमा कुल ११ लाख ४० हजार १ सय २० रुपैयाँ वा ५ दशमलव ११ प्रतिशतमात्र खर्च भई २ करोड ११ लाख ५६ हजार ८ सय ८० रुपैयाँ मौज्दात रहेको यस नगरसभामा जानकारी गराउँनुभयो । चालु आर्थिक २०८०/०८१ का सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा कुल २ करोड २२ लाख ९७ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

उर्जातर्फ सम्पदा पूर्वाधार, विज्ञान तर्फ प्रविधिमा ७० लाख ५७ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा १५ लाख ३८ हजार ५ सय ९२ रुपैयाँ वा २१ दशमलव ८ प्रतिशत मात्र खर्च भएको छ भने, ५५ लाख १८ हजार ४ सय ८ रुपैयाँ नगद मौज्दात रहेको छ । सामाजिक विकाशतर्फ चालु आर्थिक वर्षको आठमहिने अवधिमा २१ करोड ९९ लाख १३ हजार ७ सय ९३ रुपैयाँ शुन्य २ पैसा खर्च भएको छ । कुल बजेट ५५ करोड २१ लाख ३४ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा अब खर्च भएको रकम घटाउँदा ३३ करोड २२ लाख २० हजार २ सय ६ रुपैयाँ ९८ पैसा मौज्दात बाकी ‐रकम) रहेको छ ।

साथै चालु आर्थिक वर्ष २०८०/०८१ का प्रमुख नीति तथा कार्यक्रमहरु कार्यन्वयनका लागि निरन्तरता दिइने काम भईरहेको पनि नगरसभामा जानकारी गराउनु भयो । नगरपालिकाको यस अघिको दोस्रो नगर सभाले नीतिगत निर्णयहरु गरी हामीलाई महत्वपूर्ण जिम्मेवारीहरु सुम्पेकोमा यस वीचमा नगरपालिका उल्लेख्य प्रगति हासिल गर्ने लक्ष्य तर्फ अघि वढिरहेको छ ।

विधेयक तर्फ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको नगरपालिकाको काम, कर्तव्य र अधिकारको प्रयागका लागि आवश्यक पर्ने ऐन, नियमावली, कार्यविधि र मापदण्ड मध्ये केही तयार गरी सकिएको स्पष्ट पार्नुभयो । यही चालु आवमा संशोधन गर्नुपर्ने, थप गर्नुपर्ने र पुनः मुल्याङ्कन गर्न नगरसभाका सवै सदस्यहरुलाई सक्रिय सहभागिताका लागि अनुरोध गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत तथा नगर सभाका सचिव अग्निप्रसाद अधिकारीले अधिवेशनका विषयमा सहभागी नगर सदस्यहरुलाई जानकारी गराउनुभएको थियो । आगामी चैत ७ गते पुनः बैठक बस्ने गरी बुधबारको सभा स्थगन गरिएको नगर प्रमुख तथा सभाका अध्यक्ष गोपालचन्द्र बुढाथोकीले जानकारी गराउनुभयो ।

मेचीनगरमा १ अर्ब ३५ करोड ८९ लाख ६० हजार ५ सय ५५ रुपैयाँकाे बजेट  सार्वजानिक

गौरादहमा नातिले गरे हजुरआमाको हत्या

Leave a comment

Your email address will not be published. Required fields are marked *