२०८१ कार्तिक ६, १६:१६

होस्टलका संचालकबाट होस्टलमा बस्ने विद्यार्थी माथि दुर्व्यवहार

विराटनगर-मधुमारास्थित मुनलाइट गल्र्स होस्टलका संचालकबाट होस्टलमा बस्ने विद्यार्थी माथि दुर्व्यवहार भएको छ। होस्टल सञ्चालिका मधु रेग्मीले विराट नर्सिङ‌ क्याम्पसमा अध्ययनरत छात्राहरुलाई मंलबार बेलुका बलपूर्वक निकाल्ने प्रयास गरेकी हुन् ।

सामाजिक संजालमा आएको भिडियोमा होस्टल सञ्चालिका रेग्मीले होस्टलमा पैसा तिरेर बसेकी एक छात्रामाथि हातपात गर्दै उनले अध्ययन गर्ने किताब कापी लगायत सामान समेत फालिदिएकी हुन् ।

भिडियोमा सञ्चालिका रेग्मीले ती विद्यार्थीलाई चैत महिना नलाग्दै अग्रिम रुपमा पैसा माग्दै गरेको देखिएको छ ।

विद्यार्थीले फागुन महिनाको होस्टल शुल्क दिइसकेको भएपनि सञ्चालिका रेग्मीले चैत महिनाको पनि पहिले नै पैसा मागेकी थिइन् । तर विद्यार्थीले पैसा दिन इन्कार गरेपछि उनले तत्कालै निस्किएर जान भन्दै दुर्व्यवहार गरेकी हुन् ।

रेग्मीले विद्यार्थीको कोठामै प्रवेश गरेर सिरक, तन्ना, ब्लाङ्केट सिरानी समेत फालिदिएको भिडियोमा देखिएको छ । उनले विद्यार्थी माथि गालीगलौज समेत गरेकी छन् ।

होस्टल सञ्चालकको दुर्व्यवहारमा परेका विद्यार्थीहरु विराटनगर नर्सिङ क्याम्पसमा विएनएस नर्सिङको पहिलो वर्षका विद्यार्थीहरु भएको खुलेको छ ।

उनीहरुले बताए अनुसार होस्टल फि प्रति‌ महिना ८ हजार र इन्टर्ी फि १ हजार रहेको होस्टलमा होस्टल सन्चालिकाले पैंसाको आवश्यकता परेको भन्दै १ महिना नपुग्दै १ लाख मागेको तर विद्यार्थीहरुले‌ आफुसंग अहिले नरहेको र चैत्र ३ गतेसम्म पर्खन बताउदै आएका थिए। होस्टल सन्चालिकाले पटक पटक पैसा माग्दा तिमीहरु जहिले निस्किए पनि पैसा दिइराख र पछि बेसि भए फिर्ता गरौला भनेकी थिइन् भनेर पिडित छात्राहरुले बताएका छन्।

आफुलाई पैसाको आवश्यकता परेको र छात्राहरुबाट महिना नपुग्दै पैसा नपाएपछि होस्टल संचालिका आक्रोसित भएर आफुहरुको सामान फालेर तुरुन्त निकाल्न खोजेको छात्राहरुले बताए। संचालिकाको आक्रोसित व्यवहार र सामानहरु फ्याल्न थालेपछि २ छात्राहरु बेहोस समेत भएको विद्यार्थीहरुले बताए।

होस्टलका संचालकबाट होस्टलमा बस्ने विद्यार्थी माथि दुर्व्यवहार

मेचीनगरमा १ अर्ब ३५ करोड ८९ लाख

Leave a comment

Your email address will not be published. Required fields are marked *