२०८१ कार्तिक ६, १६:१९
#खेलकुद #ब्रेकिङ न्युज

कसले चुम्ला छैटौँ झापा गोल्ड कपको उपाधि ?

बिर्तामोड । बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा जारी छैटौं झापा गोल्डकपको फाइनल खेल सोमबार हुँदैछ । फाइनलमा चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ एफसी भीड्दैछन् ।
फाइनल खेलको पूर्व सन्ध्यामा आइतवार बिर्तामोडमा आयोजित प्रि–म्याच कन्फ्रेसमा दुबै टिमले उपाधि हात पार्ने दाबी गरेका छन् । प्रि–म्याच कन्फ्रेसमा चर्च ब्वाइजका टिम क्याप्टन दीप कार्की र कोच रोबिन राईले फाइनलको उपाधि हात पार्ने दाबी गरेका थिए भने एपीएफ एफसीका टिम म्यानेजर सुशिल अधिकारी र क्याप्टेन हरि कार्कीले पनि उपाधि आफ्नो टिमले जित्ने दावी गरेका छन् । प्रि–म्याच कन्फ्रेसको सहजीकरण म्याच कमिस्नार केशवराज दाहालले गरेका थिए ।
फाइनल खेलमा गोल्ड कपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ एफसीबीच प्रतिष्पर्धा हुनेछ ।
यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ एफसी फाइनलमा पुगेको यो पहिलो पटक हो । सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड भने पहिलो पटक सहभागी भएको प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ ।
बिभागीय टोली एपीएफले झापा गोल्ड कपको उद्घाटन खेल खेलेको थियो । उद्घाटन खेलमा ए डिभिजनको संकटा युथ क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै क्वाटरफाइनलमा एपीएफले स्थान सुरक्षित गरेको थियो । क्वाटरफाइनलमा पनि एपीएफले टाइब्रेकरको सहारा लिनु परेको थियो । सर्लाहीको बागमती युथ क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।
उपाधिको दावेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई सेमिफाइनलमा हराउँदै एपीएफले पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगितामा पहिलो पटक सहभागी भएको चर्च ब्वाइजको यात्रा भने प्रतियोगितामा उत्साहजनक रहयो । चर्च ब्वाइजले पहिलो खेलमै नेपाल पुलिस क्लबलाई २–० को हार चखायो । चर्च ब्वाइजले क्वाटरफाइनल खेलमा ए डिभिजन क्लब एनआरटीमाथी १–० को नतिजा निकाल्यो । सेमिफाइनलमा आयोजक झापा ११ लाई टाइब्रेकरमा ४–३ ले हराउँदै चर्च ब्वाइजले फाइनलमा स्थान पक्का गरेको छ । चर्च ब्वाइज युनाइटेड र एपीएफ एफसीले सोमबार उपाधीका लागि प्रतिष्पर्धा गर्ने तय भएको छ ।
प्रि–म्याज कन्फ्रेसमा झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत, निवर्तमान अध्यक्ष महेन्द्रकुमार गिरी, महासचिव गजेन्द्रबहादुर पौडेल, झापा फुटवल संघका अध्यक्ष भगीरथ आले (मामा) ले झापा गोल्डकपका बिषयमा उठेका प्रश्नको जवाफ दिएका थिए । कार्यक्रमको सञ्चालन गोल्डकपका सचिवालय सदस्य केशव भट्टराईले गरेका थिए ।
झापा गोल्ड कपको बिजेताले १३ लाख रुपैयाँ नगद पुरस्कार, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले ७ लाख रुपैयाँ पाउने छ । फाइनलमा प्रत्येक खेलाडीले जनही २५ हजार रुपैंयाँ बिधागत पुरस्कारको रुपमा पाउने छन् ।

कसले चुम्ला छैटौँ झापा गोल्ड कपको उपाधि ?

विविध कार्यक्रम गर्दै गंगा मेमोरियलले मनायो २८

कसले चुम्ला छैटौँ झापा गोल्ड कपको उपाधि ?

भगवती लेमिनेट्स (प्लाइ) उद्योगमा भीषण आगलागी

Leave a comment

Your email address will not be published. Required fields are marked *