२०८१ कार्तिक ६, १४:३१
#ब्रेकिङ न्युज #शिक्षा #समाज

विविध कार्यक्रम गर्दै गंगा मेमोरियलले मनायो २८ औँ वार्षिकोत्सव

मेचीनगर । गंगा मेमोरियल अंग्रेजी स्कुलले आफ्नो २८ औँ वार्षिकोत्सव विविध कार्यक्रम गर्दै आइतबार मनाएको छ । विद्यालयले वार्षिकोत्सवको अवसर पारेर विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत समेत गरेको छ ।
कार्यक्रममा विद्यार्थीले राई जातिको साकेला, तामाङ जातिको तामाङ सेलो, मुण्डा, थारु, राजवंशी, सन्थाल, धिमाल जातिको पोशाकमा सुन्दर नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीले मोर्डन नृत्य तथा फेसन शो समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयद्वारा पूर्व शिक्षक सुशीता खपाङ्गी र अर्जुन आचार्यलाई समेत सम्मान गरिएको थियो । खेलकुद तथा अतिरक्ति क्रियाकलापमा प्रथम, दोश्रो र तेश्रो हुने विद्यार्थीलाई समेत पुरस्कृत गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमारप्रसाद तिम्सिनाको सभापतित्व रहेको कार्यक्रममा मेचीनगर नगरपालिका शिक्षा प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि मेचीनगर–६ का वडा अध्यक्ष ललितबहादुर तामाङ, प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रुचाल, मेचीनगर–५ वडा सदस्यहरु माया प्याकुरेल, पुष्पकुमार गेलाल, मेचीनगर–५ का निवर्तमान वडा सदस्य दुर्गा देवकोटा, नारायण खड्का, चन्द्रकला विश्वकर्मा, नकलबन्दा समाज विकास समितिका अध्यक्ष इन्द्र तामाङ, श्री बिन्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दशरथ खडिया, नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष होमराज गुरुङ, व्यवस्थापक महेन्द्रबहादुर कँुवर, नकलबन्दा स्पोर्टिङ क्लबका अध्यक्ष भक्त गुरुङ, इलाका प्रहरी कार्यालय नकलबन्दा प्रहरी सहायक निरीक्षक अजय राई, सशस्त्र प्रहरी बल नकलबन्दा बिओपीका प्रहरी नायब निरीक्षक अदिरकुमार झा, विद्यालयका प्रिन्सिपल केशरप्रसाद तिम्सिनालगायतको आतिथ्यता रहेको थियो ।
शिक्षक प्रज्वल बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यार्थीहरु अदिति राना मगर, निजु देवकोटा, एलिस बस्नेत र पुकार क्षेत्री तथा शिक्षक सुरज तामाङले गरेका थिए ।

( तस्वीरः विनोदजंग क्षेत्री )

विविध कार्यक्रम गर्दै गंगा मेमोरियलले मनायो २८ औँ वार्षिकोत्सव

कसले चुम्ला छैटौँ झापा गोल्ड कपको उपाधि

Leave a comment

Your email address will not be published. Required fields are marked *