२०८१ कार्तिक ६, १६:३६

इलाम-२को उम्मेदवार बन्न सुहाङ नेम्वाङले दिए पार्टीमा निवेदन

इलाम  । दिवंगत एमाले नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका छन् ।इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदैछ ।

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको भदौ २६ गते निधन भएपछि रिक्त रहेको इलाम–२ मा उपनिर्वाचन हुन लागेको हो ।उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार बनाउन सुहाङले पार्टीको इलाम जिल्ला कमिटीमा निवेदन दिएका हुन् ।

उनी केही समयदेखि गृहजिल्ला इलाम र उक्त निर्वाचन क्षेत्रमा सक्रिय रहँदै आएका छन् । भेटघाट र अन्तरक्रियामा सहभागी हुँदै उनले निर्वाचनका लागि वातावरण बनाइरहेको उनीनिकट नेताहरुले बताएका छन् ।बुबाको निधनपछि उनले अब आफू पनि राजनीतिमा आउने संकेत गर्दै बुबाको सपना साकार पार्न लागिपर्ने बताएका थिए ।कानुन अध्ययन गरेका सुहाङ कानुन व्यवसायमा केही समयदेखि सक्रिय छन् ।

एमाले जिल्ला कमिटीले चैत ५ गतेभित्र उम्मेदवार सिफारिस गर्न कार्यदल गठन गरेको थियो ।सम्भावित उम्मेदवारको नाम कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा बनाइएको कार्यदलमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम सदस्य छन् ।

कार्यदलले चैत ३ गतेसम्म उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्ने जिम्मेवारी पाएको सचिव गुरुङले जानकारी दिए ।उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकले फागुन २७ सम्म आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा इच्छा जाहेर गर्ने पार्टीले समय दिएको थियो ।

इलाम-२को उम्मेदवार बन्न सुहाङ नेम्वाङले दिए पार्टीमा निवेदन

लिग बिजेता चर्च ब्वाइज झापा गोल्ड कपको

इलाम-२को उम्मेदवार बन्न सुहाङ नेम्वाङले दिए पार्टीमा निवेदन

विविध कार्यक्रम गर्दै गंगा मेमोरियलले मनायो २८

Leave a comment

Your email address will not be published. Required fields are marked *