२०८१ कार्तिक ६, १८:१७
#ब्रेकिङ न्युज

बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने विजयी

बिर्तामोड-बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने विजयी भएका छन् ।

मतगणनाको अन्तिम मतपरिणाम अनुसार न्यौपानेले २२२५ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १५२० मत पाएका छन् । जुन ७०५ मतको अन्तर हो ।

बहुमतसहित लोकतान्त्रिक प्यानल विजयी भएको हो भने केही पदमा स्वतन्त्र प्यानलका उम्मेदवारहरुले विजय हासिल गरेका छन् ।

१९ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष , जनसम्पर्क उपाध्यक्ष , कोषाध्यक्ष, तीन खुल्ला सदस्य र एक महिला सदस्यबाहेक बाँकी १२ पदमा लोकतान्त्रिक प्यानलले वर्चस्व कायम गरेको हो ।

छैटौँ झापा गोल्डकपको खेल तालिका सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *