२०८१ कार्तिक ६, १६:३५
#ब्रेकिङ न्युज

काँकडभिट्टा माविले उच्च मावि दरबन्दीमा नियुक्ति गरेका शिक्षक फाल्गुनी दाहालको नियुक्ति बदर

काँकडभिट्टा । काँकडभिट्टा माध्यमिक विद्यालयले आफूखुसी शिक्षक नियुक्ति गरेको भन्दै उच्च अदालत विराटनगर इलाम इजलासले शिक्षक नियुक्ति बदर गर्ने निर्णय गरेको छ । काँकडभिट्टा माविले उच्च मावि दरबन्दीमा नियुक्ति गरेका शिक्षक फाल्गुनी दाहालको नियुक्ति बदर गरिदिएको मेचीनगर नगरपालिकाका कानुन अधिकृत इन्द्रकमल प्रधानले जानकारी दिए ।

काँकडभिट्टा माविले २०७९ फागुन ५ गते उच्च मावि दरबन्दीमा शिक्षक पदपूर्तिका लागि सूचना जारी गरेको थियो । उक्त सूचनाका आधारमा लिएको परीक्षामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै २०७९ फागुन २६ गते ४० वर्ष उमेर हद काटिसकेका फाल्गुनी दाहाललाई विद्यालय व्यवस्थापन समितिले आफूखुसी  नियुक्ति गरेको थियो । उक्त नियुक्तिलाई जिल्ला शिक्षा विकास तथा समन्वय इकाई झापाले अभिलेखीकरण नगरेपछि मेचीनगर नगरपालिकाको शिक्षा शाखाले तलब भुक्तानी गर्न नमिल्ने जनाएको थियो ।उक्त नियुक्तिविरुद्ध सोही परीक्षामा सहभागी भएर छनौट समितिको वैकल्पिकको सूचीमा परेका अनुज दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए ।विद्यालय व्यवस्थापन समितिले आफूखुसी  शिक्षक नियुक्ति गरेको दाहालको भनाइ छ । सो उजुरीमा अख्तियारले पुनः सूचना निकालेर अर्को शिक्षक नियुक्ति गर्न निर्णयसहितको पत्र जिल्ला प्रशासन झापामार्फत विद्यालयलाई पठाएको थियो ।

अख्तियारको निर्णयविरुद्ध फाल्गुनी दाहालले अख्तियारको कार्यालय इटहरी, जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई झापा, मेचीनगरको शिक्षा शाखा, विद्यालय व्यवस्थापन समितिलाई समेत विपक्षी बनाई उच्च अदालत विराटनगर इलाम इजलासमा २०८० जेठ २५ गते आफ्नो नियुक्ति कानुनसम्मत भएकाले सदर गरी पाउँ भनी रिट निवेदन दर्ता गराएका थिए ।

सोही रिटको अन्तिम फैसला गर्दै उच्च अदालतले फाल्गुनीको नियुक्ति कानुन विपरीत भएको ठहर गर्दै विद्यालयले फाल्गुनीलाई नियुक्ति गर्न अपनाएको सम्पूर्ण प्रक्रिया बदर गरिदिएको हो । उक्त शिक्षक नियुक्तिका लागि लिइएको परीक्षामा फाल्गुनीसहित अनुज दाहाल, पारस दाहाल, रोहित बराल र नवीन गौतम सहभागी भएका थिए ।

काँकडभिट्टा माविले उच्च मावि दरबन्दीमा नियुक्ति गरेका शिक्षक फाल्गुनी दाहालको नियुक्ति बदर

ब्राउन सुगरसहित दुई जोडी मेची पुलबाट पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *