२०८१ कार्तिक ६, १६:२८
#ब्रेकिङ न्युज #समाज

देवकोटा पार्क व्यवस्थापन समितिको अध्यक्षमा बालकृष्ण थापा

मेचीनगर । देवकोटा पार्क ब्यवस्थापन समितिको अध्यक्षमा बालकृष्ण थापा चयन भएका छन् । मेचीनगर–८ स्थित पातालगंगा घैलाडुबामा वनभोज साथै समितिको चयन भएको हो ।
समितिको उपाध्यक्षमा जितबहादुर बस्नेत, महासचिवमा शेर बहादुर थापा (शेखरकाजी), सचिवमा फडिण्द्र घिमिरे र कोषाध्यक्षमा कमला दहाल चयन भएका हुन् ।


त्यसैगरी, समितिको सदस्यहरुमा प्रविन बाँनिया, रिमा खरेल, खेर बहादुर बिक, मानबहादुर तामाङ, उदय प्याकुरेल, बिजय देउजा रहेका छन् । समितिले आयोजना गरेको बनभोज तथा नयाँ कार्यसमितिलाई शुभकामना कार्यक्रम सम्पन्न भएको थियो ।
समितिका उपाध्यक्ष जीतबहादुर बस्नेतको सभापतित्व रहेको कार्यक्रममा नेकपा एमाले नेता डिल्लीराम घिमिरेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मेचीनगरका नगर प्रमुख गोपाल चन्द्र बुढाथोकी, नेकपा माओवादी केन्द्रका नेता माधव अर्याल, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उपाध्यक्ष गोविन्द गिरी, नेपाल मगर संघ झापाको अध्यक्ष विकास थापालगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव फणिन्द्र घिमिरेले गरेका थिए ।

देवकोटा पार्क व्यवस्थापन समितिको अध्यक्षमा बालकृष्ण थापा

मेचीनगरमा कुकुर बन्ध्याकरण अभियान सञ्चालन

Leave a comment

Your email address will not be published. Required fields are marked *