२०८१ कार्तिक ६, १४:०४
#छापाबाट

दोमुखाबाट पिकनिक खाएर फर्किँदै गरेको बस दुर्घटना

झापा- झापाको दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको औषधि व्यवसायी सवार बस दुर्घटना हुँदा करिब एक दर्जन यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापाको शिवसताक्षीको माइधारमा बस दुर्घटना हुँदा घाइतेहरूको झापा र मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

केही घाइतेहरूको उलार्बारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको छ ।

औषधि व्यवसायीहरू पिकनिक खाएर फर्किँदै गरेको को १ ख ६३०५ नम्बर बस दुर्घटना भएको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।Deshsanchar

दोमुखाबाट पिकनिक खाएर फर्किँदै गरेको  बस दुर्घटना

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस्

Leave a comment

Your email address will not be published. Required fields are marked *