२०८१ कार्तिक ६, १६:२५

झापामा आगलागी हुदा एक बालकको मृत्यु

 मेचीनगर फागुन ११ – झापा गाउँपालिकामा आज आगलागी हुँदा एक बालकको जलेर घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका –४ स्थित भानटोली निवासी इनाम हुसैन सेखका साढे ४ वर्षको छोरा अतिप हुसैन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी कार्यलय अनुसार शुक्रबार दिउँसो साढे ४ बजेको समयमा इनामको घर नजिकै रहेको परालको कुन्यूमा आगलागी भएको थियो । सोहि आगो सल्किएर इनामको एक तले टिनको छानो भएको  घरमा आगो लागेको थियो ।

उनको छोरा अतिप आगो लागेको नजिकैको मस्जिद र परालको कुन्यूको चेपमा खेलिरहेका थिए । बालक आगोको चपेटा पर्दा घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिएका छ्न् ।  आगो भद्रपुर र बिर्तामोडको दमकल, स्थानीय, नेपाल प्रहरी र सशस्त्रको सहयोगमा नियन्त्रणमा लिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *