२०८१ कार्तिक ६, १४:२२
#खेलकुद #ब्रेकिङ न्युज #शिक्षा

नर्थ प्वाइन्टको वार्षिक खेल उत्सव शुरु

मेचीनगर । नर्थ प्वाइन्ट अंग्रेजी माध्यमिक विद्यालयको वार्षिक खेल उत्सव–२०८० आजदेखि सुरु भएको छ । मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा शुरु भएको खेल उत्सव ११ गतेसम्म सञ्चालन हुनेछ ।
खेलको उद्घाटन विद्यालयका प्रिन्सिपल हरि अधिकारीले रेफ्रीलाई फुटबल प्रदान गरेर गरिएको थियो ।
छात्रतर्फ अन्तर सदन फुटबल प्रतियोगितामा हरियो र पहेँलो सदन विजयी भएको छ । हरियो सदनले रातो सदनलाई २–० को गोल अन्तरले पराजित गरेको थियो । हरियो सदनका स्वयम् कार्की र आदर्श कार्कीले १–१ गोल गरेका थिए ।
त्यसैगरी, दोश्रो खेलमा पहेँलो सदनले निलो सदनलाई २–१ को गोल अन्तरले पराजित गरेको छ । पहेँलो सदनका लागि दिपेन सुनार, किरन प्रधानले १–१ गोल गरेका थिए भने निलो सदनका साजन राईले एक गोल गरेका थिए ।
छात्रातर्फ अन्तर सदन फुटबल प्रतियोगितामा रातो र हरियो सदन विजयी बन्यो । रातो सदनले पहेँलो सदनलाई १–० को कठिन जीत दर्ता गर्‍यो । रातो सदनका लागि सुम्निमा राईले एक गोल गरेकी थिइन् ।
त्यसैगरी, दोश्रो खेलमा हरियो सदनले निलो सदनमाथि १–० को कठिन जीत हात पार्‍यो । हरियोका लागि प्राश्ना कार्कीले एक गोल गरेका थिए ।
त्यसैगरी, छात्रतर्फ अन्तर सदन भलिबल प्रतियोगितामा रातो सदन र हरियो सदन विजयी भएको छ । निलो सदनलाई १९–२५, २५–१३, २५–२३ को सेटले हराउँदै रातो सदन विजयी बन्यो । दोश्रो खेलमा पहेँलो सदनलाई २५–१७, २५–१८ को सोझो सेटले पराजित गर्दै हरियो सदन विजयी बनेको विद्यालयका खेल संयोजक कमल पौडेलले जानकारी दिए ।


दोश्रो दिन भोलि अन्तर सदन छात्रतर्फ क्रिकेट, छात्रातर्फ भलिबल र कक्षा ५ सम्मको एथलेटिक्स पनि हुनेछन् । विजेता तथा उपविजेता सदन तथा विद्यार्थीले ट्रफी तथा मेडल प्राप्त गर्नेछन् ।

नर्थ प्वाइन्टको वार्षिक खेल उत्सव शुरु

काँकरभिट्टा एफटिसी र होक्से युथ क्लब अन्तिम

नर्थ प्वाइन्टको वार्षिक खेल उत्सव शुरु

अर्ना छैटौँ झापा गोल्ड कपमा १० टिमको

Leave a comment

Your email address will not be published. Required fields are marked *