२०८१ कार्तिक ६, १६:१६
#खेलकुद #ब्रेकिङ न्युज

काँकरभिट्टा एफटिसी र होक्से युथ क्लब अन्तिम चारमा

मेचीनगर । काँकरभिट्टा एफटिसी र होक्से युथ क्लब स्व. पवनकुमार खड्काको स्मृतिमा जारी प्रथम नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् । मेचीनगर–५, मेची आधारभूत विद्यालयको खेल मैदानमा सम्पन्न क्वाटरफाइनल खेलबाट काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र होक्से युथ क्लबले सेमिफाइनलको यात्रा तय गरेका हुन् ।
बुधबार सम्पन्न पहिलो क्वाटरफाइनलमा इटाभट्टा फुटबल क्लबलाई १ का विरुद्ध ४ गोल गर्दै काँकरभिट्टा एफटिसीले सहज जीत दर्ता गर्‍यो । काँकरभिट्टाका लागि ८ औँ मिनेटमा पर्शु राईले गोल गर्दै अग्रता दिलाए । इटाभट्टाका एलन लिम्बूले १० औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । तर, एक मिनेट बित्न नपाउँदै काँकरभिट्टाका गिल्सन लिम्बूले गोल गर्दै टिमलाई २–१ को स्थितिमा पुर्‍याए । काँकरभिट्टाका लागि पर्शु राईले २५ औँ दोश्रो गोल गर्दै टिमलाई जीततर्फ डोर्‍याएका थिए । प्रदिप बुढाथोकीले ३९ औँ मिनेटमा थप एक गोल गर्दै जीत सुनिश्चित गराए । खेलको म्यान अफ द म्याच पर्शु राई घोषित भएसँगै नगद १ हजार र ट्रफी हात पारे ।
दोश्रो खेलमा होक्से युथ क्लबले यलम्बर एफसीलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । होक्सेका लागि आयुष राई र पुजन थापाले २–२ गोल गरेका थिए । आयुष राईले ८ औँ र ४७ औँ मिनेटमा गोल गरेका थिए भने पुजन थापाले १८ औँ र १९ औँ मिनेटमा गोल गरे । यलम्बर एफसीका कर्ण लिम्बूले २४ औँ मिनेट तथा प्रविन राईले ३५ औँ मिनेटमा गोल गरेपनि टिमको हार टार्न सकेनन् । खेलको म्यान अफ द म्याच आयुष राईले नगद १ हजार तथा ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले नगद १ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको बेस्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलरक्षक, हाइस्कोररले नगद २ हजारसहित ट्रफी मेडल पाउनेछन् ।
बिहीबारको पहिलो सेमिफाइनल खेल काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र जोरसिमल फुटबल क्लबबीच हुने र दोश्रो खेल तुर्केनी फुटबल क्लब र होक्से युथ क्लबबीच हुने आयोजक समितिको खेल संयोजक भक्त गुरुङले जानकारी दिए ।

काँकरभिट्टा एफटिसी र होक्से युथ क्लब अन्तिम चारमा

नर्थ प्वाइन्टको वार्षिक खेल उत्सव शुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *