२०८१ कार्तिक ६, १६:१३

आत्मदाहको प्रयास गरेकी झापा बुद्धशान्तिकी माया रम्तेलको पनि मृत्यु

झापा । परस्त्रीसँग श्रीमान् लागेको भन्दै आत्मदाहको प्रयास गरेकी झापा बुद्धशान्तिकी माया रम्तेलको पनि मृत्यु भएको छ । ५ वर्षकी छोरी वर्षा विकलाईसँगै लिएर शरीरमा पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेकी बुद्धशान्ति गाउँपालिका-२ स्थित गोपालडाँडा घलेगाउँकी २८ वर्षीया मायाको उपचारका क्रममा बुधबार बिहान ८ बजे प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । छोरी वर्षाको फागुन ५ गते बिहान उपचारको क्रममा मृत्यु भएको थियो ।

गत फागुन ४ गते राति साढे ८  बजेको समयमा मायाले श्रीमान् राजन अन्य महिलासँग सम्बन्धमा राखेको भन्दै छोरी वर्षालाई आफ्नै शरीरमा सलले बाँधी शरीरभरि पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेकी थिइन् । आमाछोरीले शरीरमा आगो लगाएको स्थानीयले देखेर तत्काल प्रहरीलाई खबर गरेका थिए ।

त्यसको भोलिपल्ट उपचारका क्रममा बीएण्डसी हस्पिटलमा वर्षाको मृत्यु भएको थियो । मायाको पनि बीएण्डसी हस्पिटलमा उपचार भइरहेकोमा त्यहाँबाट फागुन ६ गते उपचारको लागि उनलाई प्रादेशिक अस्पताल भद्रपुर रेफर गरिएको थियो ।

आत्मदाहको प्रयास गरेकी झापा बुद्धशान्तिकी माया रम्तेलको पनि मृत्यु

काँकरभिट्टा एफटिसी र होक्से युथ क्लब अन्तिम

Leave a comment

Your email address will not be published. Required fields are marked *