२०८१ कार्तिक ६, १४:०८

यस वर्ष सबैको चासो घैलाडुब्बा शिवालय मन्दिर

मेचीनगर-५ स्थित घैलाडुव्बामा आयोजना हुने शिवरात्री मेलाले  तिब्रता पाएको छ ।

विगत केही दिन अगाडि मात्रै मेची प्रेस लगायत विभिन्न मिडियाहरुले मेचीनगरले चासो दिने भन्ने समाचार प्रकाशित भए पछि अहिले सबैको चासोको बिषय बनेकाे  मन्दिरको संरक्षणमा सबै स्थानीय निकाय राजनितिक  दल साथै सम्पुर्ण स्थानीय संघ सस्था र क्लबहरुले मन्दिरको रङ्गरोघन, मन्दिर परिसर सरसफाइ साथै स्टल रहने स्थलको अनुगमन गरिरहेका छन्।

भैगोलिक हिसाबले ठुलो क्षेत्र र पुराना भन्दा पुरानाे भगवानकाे मुर्ति रहेतापनि उक्त मन्दिरको व्यवस्थापन साथै मन्दिरको स्थर उन्नति भने भएको देखिदैन । अहिले याे मन्दिर परिसर उराटलाग्लाे देखिन्छ।

 

हालै सम्पन्न भएको साधारणसभामा भएका निर्णयहरुले भने अब यसको संरक्षण र यसको उन्नति हुने छ भन्ने बिश्वास सबै जनमानसमा भएको बुझिएको छ । मन्दिर संग सरोकार राख्ने मन्दिरकै सदस्य निरज राई भन्छन “हामी अब  यस मन्दिरको अस्तित्व मेटिन दिनै छनौ”। यसको व्यवस्थापनमा मा हामी दत्तचित्त भएर लागेको र यसको प्रचारप्रसारमा अब अवरात्र खट्न बताएका छ्न्।

 

फागुन २५ गते शिवरात्री  मेला आयोजना हुने र उक्त दिन नेपाल  सरकारले सार्वजनिक विदा दिने घोषणा गरेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *