२०८१ कार्तिक ७, १५:१६
#ब्रेकिङ न्युज

काँकडभिट्टाको  मेची पुलबाट लागुऔषध ब्राउन सुगरसहित राई पक्राउ

मेचीनगर । काँकडभिट्टाको  मेची पुलबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका- ६ स्थित मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार साँझ साढे ६ बजे भारतबाट नेपाल तर्फ आउँदै गरेको बा २७ प ३८७२ नम्बरको मोटरसाइकल चालक मेचीनगर नगरपालिका- ५ घैलाडुब्बाका २८ वर्षीय मनिष राईलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रहरीले उनलाई शङ्का लागी चेकजाँच गर्दा ३ ग्राम ब्राउन सुगर फेला पारेको थियो । राईलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ ।

काँकडभिट्टाको  मेची पुलबाट लागुऔषध ब्राउन सुगरसहित राई पक्राउ

जोरसिमल र तुर्केनी फुटबल क्लब सेमिफाइनलमा

Leave a comment

Your email address will not be published. Required fields are marked *