२०८१ कार्तिक ६, १६:१९
#ब्रेकिङ न्युज

महशुल भुक्तानी गर्न धुलाबारी शाखाले मेचीनगर नगरपालिकालाई पत्र पठायाे

मेचीनगर, ६ फागुन । सडकबत्तीको महशुल भुक्तानी गर्न भन्दै नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले झापाको मेचीनगर नगरपालिकालाई पत्र पठाएको छ । सडकबत्ती बापतको दुई करोड ९५ लाख ४८ हजार भन्दा धेरै रकम नगरपालिकाले तिर्न बाँकी रहेको र उक्त रकम छिटो भुक्तानी गर्न भन्दै प्राधिकरणले नगरपालिकालाई पत्र पठाएको हो ।

नगरपालिकालाई सम्बोधन गर्दै गत मंशीर ११ गते पठाएको पत्रमा जरिवानासहितको उक्त रकम भुक्तानी गर्न प्राधिकरणले भनेको छ । यता, यस विषयमा बुझ्दा नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख ज्ञान काफ्लेले नगरपालिकाले तिर्नुपर्ने सडकबत्तीको महशुल धेरै भएकाले भुक्तानीका लागि पत्र पठाएको जानकारी दिए ।

‘हामीले पत्र पठाएका हौँ, पत्र पाएपछि नगरपालिकाबाट सकरात्मक कुराहरु आएका छन् । मेयर साबले कार्यपालिका वैठकमा छलफल गरेर निकास दिने बताउनुभएको छ,’  निमित्त कार्यालय प्रमुख काफ्लेले भने । सडकबत्तीको महशुलका सन्दर्भमा देशका विभिन्न स्थानमा यस्तै विवाद रहेको पनि उनले बताए ।

काँकरभिट्टा एफटिसी र यलम्बर एफसी विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *