२०८१ कार्तिक ६, १४:१४

रुसी विपक्षी नेता नाभाल्नीको शव परिवारलाई हस्तान्तरण गर्न आनाकानी

काठमाडौं :  रुसले जेलमा मृत्यु भएका विपक्षी नेता अलेक्सी नाभाल्नीको शव परिवारलाई हस्तान्तरण गर्न आनाकानी गरेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक नाभाल्नीको एक जेलमा ३ दिनअघि शंकास्पद मृत्यु भएको थियो। प्रहरी प्रशासनले पोष्टमार्टमपछि शव सुम्पिने बताए पनि पछिल्लो समय सम्पर्क गर्न छोडेको परिवारका सदस्यलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

नाभाल्नीका समर्थकले उनलाई विष खुवाएर मारिएको आरोप लगाउँदै आएका छन्। नाभाल्नीको मृत्युका प्रमाण मेटाउन पुटिन सरकारले शव दिन आनाकानी गर्दै आएको उनीहरुको आरोप छ।

नाभाल्नीको रुसको आर्कटिक सर्किलमा रहेको सबैभन्दा खतरनाकमध्येको एक जेलमा शुक्रबार मृत्यु भएको थियो

Leave a comment

Your email address will not be published. Required fields are marked *