२०८१ कार्तिक ६, १६:३२
#ब्रेकिङ न्युज #समाज

शिव पातालगंगा मन्दिरमा श्रीमद् भागवत पुराण

मेचीनगर । काँकरभिट्टास्थित श्री शिव पातालगंगा मन्दिर तथा सद्गुरु मानव सेवा फाउण्डेसनको संयुक्त आयोजनामा ७ दिने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
शारीरिक विकलाङ्गता भएका व्यक्तिहरुलाई स्वावलम्बी बनाउँदै उनीहरुको जीवन यापनमा सहजताको निम्ति समर्पित गर्ने उद्देश्यसहित काँकरभिट्टाको धार्मिक स्थलको रुपमा परिचित कालीखोलाको शिव पातालगंगा मन्दिरमा यही फागुन ६ गतेदेखि १२ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको हो ।
सद्गुरु मानव सेवा फाउण्डेशन मेचीनगर–३ का अध्यक्ष आचार्य पण्डित मुकुन्द नेपालले मन्दिरको व्यवस्थापन तथा हात–खुट्टा, श्रवण शक्ति नभएका असक्त–अपाङगहरुलाई कृतिम हात–खुट्टा र ह्युल चियर सहयोगका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ पुराण आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
‘यसलाई हामीले अभियानको रुपमा लगेका छौँँ’ अध्यक्ष नेपालले भने–‘मेचीदेखि महाकालीसम्म यो अभियानलाई लान्छौँ । काँकरभिट्टाको पुराणपछि झापा र इलामको ६ ठाउँमा गरिनेछ । अभियान १५ वर्षदेखि निरन्तर रुपमा सक्रिय छ ।’

आइतबारदेखि सुरु हुने पुराणको पहिलो दिनको कलश यात्रामा मेची नदीको जल लिई मन्दिरमा चढाएर पुराण विधिपूर्वक सुरु हुनेछ । पुराणको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले गर्नेछन् ।
सद्गुरु मानव सेवा फाउण्डेशनका सञ्चालक सचिन निरौलाले हात–खुट्टा नभएका, दुःखमा परेकाहरुको कृतिम हात–खुट्टा, ह्युललचियर र बैशाखीहरु उत्पादन गरेर उद्योग स्थापना गर्ने अभियानको लक्ष्य रहेको बताए ।
शिव पातालगंगा मन्दिर समितिका सदस्य राजु कार्कीले ०४५ सालको भुकम्पपछि अलिक ओझेलमा परेको एतिहासिक धार्मिक स्थलको पहिचान स्थापित गर्न पनि यो अभियानमा जोडेर पुराण आयोजना गरिएको बताए ।
०४५ सालअघि काँकरभिट्टाबासीले कालीखोलाको पातालगंगा मन्दिरमा पुजा गर्ने र पानी खाने ठाउँका रुपमा परिचित रहेको कार्कीको भनाई छ । शिव पातालगंगा मन्दिर समितिका संरक्षक शंकर भट्टराईले यहाँ नव ग्रहको मन्दिर र २२ धारा निर्माण गर्ने उद्देश्य पनि रहेको जानकारी दिए ।
शिव पातालगंगा मन्दिर समितिका अध्यक्ष एवम् पुराण मुल आयोजक समितिका संयोजक प्रेमरत्न चुडालको अध्यक्षता र सञ्चालन पण्डित देवराज निरौलाले गरेका थिए ।
श्रीमद्भागवत पुराणको प्रमुख वाचकमा आचार्य प. मुकुन्द नेपाल र आचार्य प. लक्ष्मी नारायण खतिवडा रहेका छन् । महायज्ञले स्थानीय मठमन्दिर, धर्मशाला, गौशाला, वेदविद्यालय, आश्रम जस्ता निकायहरुको संरक्षण सम्बद्र्धन एवम् विकास गर्ने आशय रहेको जनाइएको छ ।

शिव पातालगंगा मन्दिरमा श्रीमद् भागवत पुराण

शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *