२०८१ कार्तिक ६, १६:२४

आज शनिबार झापा जिल्लाभर दिनभरि विद्युत् अवरुद्ध हुने

झापा । झापामा जिल्ला भोलि शनिबार दिनभरि विद्युत् सेवा अवरुद्ध हुने भएको छ । दुहबी ग्रिड शाखाको सूचना अनुसार शनिबार अनारमनि वितरण केन्द्र, धुलाबारी वितरण केन्द्र , भद्रपुर वितरण केन्द्र र दमक वितरण केन्द्रअन्तर्गतका सम्पूर्ण ११ केभी फिडरहरुमा विद्युत् अवरुद्ध हुने भएको हो ।

अनारमनि ग्रिडको १३२ केभी इन्कमरको सिटी अपग्रेडिङ गर्नुपर्ने भएकोले अनारमनि वितरण केन्द्रका सबै फिडरहरु बन्द रहने इन्जिनियर विभव पौडेलले बताए ।

दमक क्षेत्रमा भने पाडाजुंगी सवस्टेशनबाट केही क्षेत्रमा विद्युत् चालु रहने उनले जानकारी दिए ।

आज शनिबार झापा जिल्लाभर दिनभरि विद्युत् अवरुद्ध हुने

नागरिकता बनाउन झुटो विवरण दिने इलामका दुई

Leave a comment

Your email address will not be published. Required fields are marked *