२०८१ कार्तिक ६, १६:२५

स्व. पवनकुमार खड्काको स्मृतिमा प्रथम नकआउट फुटबल प्रतियोगिता शुरुः आयोजक र तुर्केनीको विजयी शुरुवात

मेचीनगर । स्व. पवनकुमार खड्काको स्मृतिमा प्रथम नकआउट फुटबल प्रतियोगितामा आयोजक नकलबन्दा समाज विकास समिति र तुर्केनी फुटबल क्लबले विजयी शुरुवात गरेका छन् । मेचीनगर–५, स्थित मेची आधारभूत विद्यालयको खेलमैदानमा शुक्रबार सम्पन्न भएको पहिलो खेलमा आयोजकले थण्डर्स फुटबल क्लबमाथि १ का विरुद्ध ६ गोल गर्दै सहज जीत दर्ता गराएको हो ।
आयोजक नकलबन्दाका तर्फबाट राहुल राजवंशीले ९ औँ मिनेटमा पहिलो गोल गरे । २४ औं मिनेटमा राज खड्काले आफ्नो व्यक्तिगत गोल गर्दै टिमलाई २–० को स्थितिमा पु¥याएका थिए । आयोजकका अनिश खड्काले ३१ औंँ मिनेटमा टिमका लागि तेस्रो गोल गरेका थिए । ३९ औं मिनेटमा प्रमोद सापकोटाले चौथो गोल गरे भने अजय धिमालले ४५ औं मिनेटमा गोल गर्दै टिमको जीत फराकिलो बनाएका थिए । ४६ औं मिनेटमा थण्डर्स फुटबल क्लबका आयुष तामाङले टिमका लागि सान्त्वना १ गोल गरेका थिए । आयोजकका मनिष तामाङले ४७ औं मिनेटमा गोल गर्दै टिमलाई ६–१ को जीत दिलाए । खेलको म्यान अफ द म्याच आयोजकका मनिष तामाङ हुँदै नगद १ हजारसहित ट्रफी प्राप्त गरे ।
त्यसैगरी, शुक्रबारै सम्पन्न दोश्रो खेलबाट सलकपुर एफसीविरुद्ध ६–४ को कठिन जीत निकाल्दै तुर्केनी फुटबल क्लब दोश्रो चरणमा प्रवेश गरेको छ । सलकपुरले चौथो मिनेटमै किरण तामाङको गोलमा अग्रता लिएको थियो । पहिलो हाफ १–० ले पछि परेको तुर्केनी एफसीले दोश्रो हाफ भने खेललाई आक्रमक बनाएको थियो । तुर्केनीका लागि सन्तोष परियारले २८ औं गोल गर्दै टिमलाई बराबरी बनाएका थिए । ३८ औं मिनेटमा आफ््नो दोश्रो गोल गर्दै टिमलाई २–१ को स्थितिमा पु¥याएका थिए । तुर्केनीका लागि ४१ औं मिनेटमा जसु लिम्बुले १ गोल गरेका थिए भने ४२ आँै मिनेटमा सन्तोष परियारले आफ्नो ह्याट्रिक पुरा गर्दै टिमको अग्रता ४–१ को स्थितिमा पु¥याएका थिए । सलकपुरका लागि ४३ औं मिनेटमा विप्लब तामाङले एक, ४५ औं र ४९ औँ मिनेटमा सञ्जोक राईले दुई गोल गर्दै खेललाई बराबरी बनाएका थिए । तर, इञ्जुरी समयमा तुर्केनी एफसीका सेमि लिम्बु र उदिप चेम्जोङ चम्किँदा नतिजा ६–४ हुन पुग्यो । सेमिले र उदिपले १–१ गोल गरे । तुर्केनीका सन्तोष परियार म्यान अफ द म्याच घोषित हुँदै नगद १ हजारसहित ट्रफी हात पारे ।
प्रतियोगिताको उद्घाटन सत्रमा खेल संयोजक भक्त गुरुङको सभापतित्व रहेको थियो । मेचीनगर –५ का वडा अध्यक्ष कनकबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मेचीनगर–५ का निवर्तमान वडा अध्यक्ष योगेन थापा मगर, नकलबन्दा समाज विकास समितिका अध्यक्ष इन्द्र तामाङ, समाजका पूर्व अध्यक्ष तथा नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमराज गुरुङ, मेचीनगर–५ का वडा सदस्य पुष्प गेलाल, मेचीनगर कार्यपालिका सदस्य माया प्याकुरेल, वडा सदस्य देवीमाया वि.क., नकलबन्दा समाज विकास समितिका कोषाध्यक्ष तथा मेचीनगर–५ का निवर्तमान वडा सदस्य नारायण खड्का, मेचीनगर–५ निवर्तमान वडा सदस्यहरु मेघराज गेलाल, दुर्गा आचार्य देवकोटा, चन्द्रकला विक, मेची आधारभूत विद्यालयका शिक्षक प्रकाश खड्का, स्व. पवनकुमार खड्का माता तारादेवी खड्का, भाई अमृत खड्का, नकलबन्दा बि.ओ.पी इञ्चार्ज अधिरकुमार झा, नकलबन्दा इलाका इञ्चार्ज भीमबहादुर राईलगायतको आतिथ्यता रहेको थियो । आयोजक समितिका आर्थिक संयोजक पर्शुराम पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सुरज तामाङले गरेका थिए । कार्यक्रममा गंगा मेमोरियल इङ्लिस स्कुलका विद्यार्थीले उराँव जातिको स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले नगद १ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको बेस्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलरक्षक, हाइस्कोररले नगद २ हजारसहित ट्रफी मेडल पाउनेछन् ।
शनिबारको पहिलो खेल जोरसिमल एफसी र देविगञ्ज एफसीबीच हुने र दोश्रो खेल धुलाबारी ट्रेनिङ सेन्टर र डिएफसीबीच हुने आयोजक समितिको खेल संयोजक भक्त गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल फागुन १२ गते हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *