२०८१ कार्तिक ६, १४:१४
#राजनीति

राष्ट्रिय महाधिवेशनले पार्टीलाई सही बाटोमा ल्याउनुपर्ने: झलनाथ खनाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी राष्ट्रिय महाधिवेशनले पार्टीलाई सही बाटोमा ल्याउनुपर्ने बताएका छन्।

पार्टीले वर्ग आत्मसमर्पणवादको बाटो लिएकाले आगामी राष्ट्रिय महाधिवेशनबाट त्यसलाई सच्याउनुपर्ने सम्मानित नेता खनालको भनाइ थियो।

समाजवाद अध्ययन तथा अनुसन्धान केन्द्रले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले पार्टीबाट श्रमजीवी वर्गबाट टाढा पुर्‍याउने काम विद्यमान मोर्चाबन्दीले गरिरहेकाले त्यसलाई सच्याउने कुरालाई ध्यानमा राखेर पार्टीले आगामी महाधिवेशनको तयारी गर्नुपर्ने बताए।

उनले नेपालमा हाल तत्काल वामपन्थीबीच एकता सम्भव नभए पनि कार्यगत एकता हुन सक्ने दोहोर्‍याए।

Leave a comment

Your email address will not be published. Required fields are marked *