वैदेशिक रोजगारीमा गएका अर्जुनधाराका एक व्यक्तिको मृत्यु
विर्तामोड- वैदेशिक रोजगारीका लागि दुबई गएका झापाका एक व्यक्तिको मृत्यु भएको छ ।
अर्जुनधारा नगरपालिका- ११ का ४७ वर्षीय प्रदीप राईको मृत्यु भएको हो ।
शनिबार साँझ खाना खाएर सुतेका राईको नेपाली समय अनुसार राति १० बजे मृत्यु भएको उनका आफन्त सन्तकुमार राईले बताए ।
मृतक राईको शव नेपाल ल्याउने पहल भइरहेको छ । राईका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।