२०८१ कार्तिक ६, १६:१०
#ब्रेकिङ न्युज

बाल जगत शिशु बिकासलाई हराउदै बिद्या बिकास एकेडेमी उपाधि चुम्न सफल

मेचीनगर महेश सुबेदी-१०१ युवा समुहले आयोजना गरेको बाहुन्डागी कै पहिलो ब्याडमिन्टन प्रतियोगितामा बिद्या बिकास एकेडेमी बिजेता भएको छ ।

हिजो भएको एकदिने प्रतियोगिता को उपबिजेता भने बाल जगत शिशु बिकास फाउन्डेसन भएको हो ।

प्रतियोगितामा साबिक बाहुन्डागी का आठ बिद्यालय सहभागी थिए । प्रतियोगिता का खेल सुरु हुनुभन्दा अगाडि स्थानीय युवाहरूको दुई टिम ले र अतिथी को दुई टिमले खेलेर सुरु भएको प्रतियोगितामा स्थानीय कलाकार ले नृत्य समेत प्रस्तुत गरेका थिए ।

१०१ युवा समुह का अध्यक्ष बिदात गिरि को अध्यक्षता मा भएको कार्यक्रम को प्रमुख अतिथि भने मेचिनगर दुई का वडा अध्यक्ष दिपक बराल हुनुहुन्थ्यो।

कार्यक्रम मा सामाजिक ब्यतित्व तथा समुहका प्रमुख सल्लाहकार गोपि रिजाल र सामजिक ब्यतित्वहरु कमल गौतम ,टीका नेपाल,जगत घिमिरे मेची प्रेसका सम्पादक डम्बर बिश्वकर्मा लगायत थुप्रै सामाजिक ब्यतित्वहरुको उपस्तिथि थियो।

कार्यक्रम मा बोल्दै प्रमुख अतिथी बरालले १०१ समुहको प्रशन्सा गर्दै आउदो बर्ष वडाले आफ्नै कबर्डहलमा ब्याडमिन्टन खेलको आयोजना गर्ने प्रतिबधाता समेत गर्नुभएको थियो,सोही कार्यक्रमा बोल्दै अतिथी कमल गौतमले समुहको बिगत देखि को कामहरु सराहनीय रहेको र आगामी दिनमा पनि यस्तै कामहरु गर्न शुभकामना समेत दिनुभएको थियो।

समुहका महासचिव प्रबिन चापागाईंले सञ्चालन गरेको कार्यक्रम मा कोषाधक्ष्य झरना दुलाल ले स्वागत मन्तब्य राख्नुभएको थियो भने आफ्ना सम्पुर्ण दाताहरुलाई धन्यवाद दिदै समुहका प्रबक्ता तथा पत्रकार महेश सुवेदी ले कार्यक्रम को औचित्य माथी प्रकाश पार्नु भएको थियो।

खेल सम्पन्न भएपश्चात सबै विजेता उपविजेता टाेलीहरूले ट्रफी मेडल ब्याडमिन्टन र्याकेट र प्रमाणपत्र  प्राप्त गरेका थिए।

बाल जगत शिशु बिकासलाई हराउदै बिद्या बिकास एकेडेमी  उपाधि चुम्न सफल

‘मेरो गाउँ’ कबिता

बाल जगत शिशु बिकासलाई हराउदै बिद्या बिकास एकेडेमी  उपाधि चुम्न सफल

विद्युतीय आरोले काटेर एक जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *