२०८१ कार्तिक ७, ०१:०८
#ब्रेकिङ न्युज

सशस्त्र प्रहरी र मेची भन्सार टोलीद्वारा भारतीय रक्सी बरामद

मेचीनगर। अवैध रुपमा भारतबाट नेपालतर्फ आउँदै गरेको १८४ बोतल विभिन्न ब्रान्डका भारतीय रक्सी मेची भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरि भन्सार कार्यालय बुझाएको छ।

आज दिउँसो नियमित चेकजाँचका क्रममा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको रक्सी अन्दाजी मुल्य २ लाख १७ हजार भन्दा बढी रकमको रक्सी बरामद गरिएको विशेष स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार उक्त रक्सी व्यवसायीहरुले सीटी रिक्सा र भाडाका गाडी प्रयोग गरि बोकाउने गरेको पाइएको छ। पछिल्लो समय भन्सारले चेकजाँचमा कडाइ गरेसँगै अवैध रुपमा नेपाल भित्रिने सामानहरु नियन्त्रणमा आउन थालेको हो ।

नेपाली बजारमा भन्दा भारतीय बजारमा सस्तो पर्ने भएका कारण अवैध रुपमा भारतबाट नेपाल तर्फ विभित्र ब्रान्डका रक्सीहरु भित्रिने र ती रक्सी साधारण देखि तारे होटलसम्म पुग्ने गरेको  स्रोतले  जनाएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *