२०८१ कार्तिक ६, २३:३१
#ब्रेकिङ न्युज

फाइनलमा गंगा मेमोरियल र बालकल्याणको भेट पक्का

सुरेन्द्रनगर ।मेचीनगर स्तरीय अन्तर मावि क्रिकेट प्रतियोगिताको फाइनलमा गंगा मेमोरियल र बालकल्याणको भेट पक्का भएको छ ।

शुक्रबार सम्पन्न सेमिफाइनलमा गंगा मेमोरियलले नर्थ प्वाइन्टलाई र बालकल्याणले अरुणोदय माविलाई हराउँदै फाइनलको यात्रा तय गरेका हुन् ।पहिलो सेमिफाइनल खेलमा गंगा मेमोरियल इङ्लिस स्कुलले नर्थ प्वाइन्टविरुद्ध १ सय ५२ रनको फराकिलो जित दर्ता गर्यो।

टस जितेर नर्थ प्वाइन्टले गंगा मेमोरियललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । गंगा मेमोरियलले १५ ओभरको खेलमा ६ विकेट गुमाउँदै २ सय ५ रन जोड्न सफल भयो । गंगा मेमोरियलका लागि धु्रव राउतले १९ बलमा ६४ रनको बिष्फोटक अर्धसतकीय पारी खेले भने आदित्य राजवंशीले २८ बलमा ५८ रनको अर्धसतकीय इनिङ खेले ।

२ सय ६ रनको विजयी लक्ष्य पछ्याएको नर्थ प्वाइन्ट अलआउट हुँदै ५३ रन मात्र बनाउन सक्यो । गंगाका धु्रव राउतले ५ र आकाश राना मगरले ३ विकेट हात पारे । खेलको म्यान अफ द म्याच ध्रुव राउत घोषित भए ।

त्यसैगरी, शुक्रबार नै भएको दोश्रो सेमिफाइनल खेलमा अरुणोदय माविलाई २ सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको बालकल्याणले १५ ओभर खेल्दै २ सय २७ रन बनायो।

बालकल्याणका लागि पवन दर्जीले १ सय ७ रनको सतकीय इनिङ खेले भने कृष्ण सुवेदीले ५४ रन बनाई अर्धसतकीय पारी खेले ।

२ सय २८ रनको विजयी लक्ष्यसहित मैदान उत्रेको अरुणोदयले १३ रन मात्र बनाउन सक्यो । अरुणोदयका ७ खेलाडी शुन्यमा आउट भएका थिए । खेलको म्यान अफ द म्याच पवन दर्जी घोषित भए ।

बालकल्याण माविको स्वर्ण महोत्सवको अवसरमा हामी स्वयंसेवी बाल क्लबद्वारा आयोजित प्रतियोगितामा प्रथम हुने विद्यालयले २० हजार र दोश्रो स्थान हासिल गर्ने विद्यालयले १५ हजार नगदसँगै मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।प्रतियोगिताको समापन २७ गते शनिबार हुँदैछ ।

 

धरानमा माघ २६ गते ‘साइनो साँझ’ आयोजना

Leave a comment

Your email address will not be published. Required fields are marked *