२०८१ कार्तिक ६, २०:५६
#ब्रेकिङ न्युज

धरानमा माघ २६ गते ‘साइनो साँझ’ आयोजना हुने: सङ्खुवासभा आइडल

धरान- ‘कन्सर्ट बेस्ड रियालिटी शो’ सङ्खुवासभा आइडल सिजन-३ अन्तर्गत धरानमा आगामी माघ २६ गते शुक्रबार ‘साइनो साँझ’ आयोजना हुने भएको छ ।

धरान-१५ स्थित किरात याक्थुङ चुम्लुङको सभाहलमा हुने कन्सर्टबाट आइडलका उत्कृष्ट १३ ले प्रस्तुति दिनेछन् ।

प्रस्तुतिबाट उत्कृष्ट ५ छनोट हुने संयोजक वीरबहादुर लिम्बूले जानकारी दिए ।आइडलभर जम्मा २९ वटा कन्सर्ट आयोजना हुने आयोजकको भनाइ छ ।

‘हाल २४ वटा कन्सर्ट  सकिएको छ,’ संयोजक लिम्बूले भने, ‘कन्सर्ट बेस्ड रियालिटी शोलाई सिरियल बेस्डमा लान प्रयास गरिरहेका छौं ।’

धरानमा २ लाख खर्चमा कन्सर्ट आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।कन्सर्टका टिकट दर फेमेली १ हजार, व्यक्तिगत ५ सय र १ सय रुपैयाँ राखिएको छ । प्रतियोगीले २-२ वटा गीत प्रस्तुत गर्नेछन् ।

 

 

Leave a comment

Your email address will not be published. Required fields are marked *