२०८१ कार्तिक ६, २०:४१
#ब्रेकिङ न्युज

सुत्केरीको पेटभित्र कपडा भेटियाे

संखुवासभा । जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ ।

गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका–६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटभित्र गज भेटिएको हो ।

सुत्केरी भएको एक सातापछि उनको पेटभित्र एक पिस गज भेटिएको हो। शल्यक्रिया गरेर बच्चा जन्मेको चार(पाँच दिनपछि भण्डारीलाई औषधि दिएर अस्पतालले डिस्चार्ज गरेको थियो।

भण्डारीको पेटबाट गज निकाएपछि उनी पुनः २० माघमा जिल्ला अस्पताल भर्ना भएकी छन् ।

चिकित्सकले शल्यक्रिया गर्दा पेटभित्रै कपडा छोडर सिलाई गरिदिएको पीडित भण्डारीले बताइन् ।

चिकित्सकको लापरबाहीले पुनः अस्पताल भर्ना हुँदासमेत आफैँले खर्च बेहोर्नुपरेको उनले गुनासो गरिन् । सुत्केरी भण्डारीको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । Source- राजधानी दैनिक

सुत्केरीको पेटभित्र कपडा  भेटियाे

साइबर अपराधसम्बन्धी १३ हजार तीन सय ३०

Leave a comment

Your email address will not be published. Required fields are marked *