२०८१ कार्तिक ६, २०:३४
#ब्रेकिङ न्युज

गंगा मेमोरियल,बालकल्याण, अरुणोदय र काँकरभिट्टा विजयी

सुरेन्द्रनगर । मेचीनगर स्तरीय अन्तर मावि क्रिकेट प्रतियोगितामा बालकल्याण, गंगा ममोरियल, अरुणोदय र काँकरभिट्टा मावि विजयी भएका छन् ।

बुधबार सम्पन्न पहिलो खेलमा बालकल्याणले तारापुञ्जलाई ८ विकेट हराएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको तारापुञ्जले ५ विकेटको क्षतिमा ५३ रन मात्र बनायो । ५४ रनको लक्ष्य पछ्याएको बालकल्याणले २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । खेलको म्यान अफ द म्याच बालकल्याणका एसियन चौधरी घोषित भए ।

त्यसैगरी, दोश्रो खेलमा काँकरभिट्टा माविले एमिटी पब्लिक स्कुललाई ५ विकेटले हराएको छ । टस जितेर बलिङ गरेको काँकरभिट्टालाई एमिटीले ९५ रनको लक्ष्य दिएको थियो । काँकरभिट्टा ५ विकेटको क्षतिमा ९५ रन बनाउन सफल भयो । खेलको म्यान अफ द म्याच विनय दनुवार भए ।

त्यसैगरी, मंगलबारनै भएको तेस्रो खेलमा अरुणोदय मावि विजयी बन्यो । अरुणोदय माविले सरस्वती माविलाई ७० रनले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको अरुणोदयले ४ विकेटको क्षतिमा १२७ रन बनाउन सक्यो । १२८ रनको लक्ष्य पाएको सरस्वती अलआउट हुँदै ५७ रन मात्र बनाउन सक्यो । खेलको म्यान अफ द म्याच सुजन प्रधान घोषित भए ।

त्यसैगरी, चौथो खेलमा गंगा मेमोरियल इङ्लिस स्कुलले इष्ट होराइजनलाई ७३ रनले पराजित गरेको छ । पहिले ब्याटिङको निम्तो पाएको गंगा मेमोरियलले ६ विकेटको क्षतिमा १ सय ५५ रन बनायो । १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको इष्ट होराइजन ७ विकेटको क्षतिमा ८२ रन मात्र बनाउन सक्यो । इसान अधिकारी म्यान अफ द म्याच घोषित भए ।

बालकल्याण माविको स्वर्ण महोत्सवको अवसरमा हामी स्वयंसेवी बाल क्लबद्वारा आयोजित प्रतियोगितामा प्रथम हुने विद्यालयले २० हजार र दोश्रो स्थान हासिल गर्ने विद्यालयले १५ हजार नगदसँगै मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको समापन २७ गते हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *