२०८१ कार्तिक ६, २३:४१
#ब्रेकिङ न्युज

मेची पुलमा ब्राउन सुगरसहित एक प्रकाउ

काँकरभिट्टा-लागूऔषध ब्राउन सुगरसहित शिवसताक्षी नगरपालिका- ५ बस्ने अन्दाजी २३ वर्षीय सायद बोहोरा पक्राउ परेका छन् ।

हिजो  दिउँसो ४.३० बजेको समयमा मेचीनगर नगरपालिका ६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बोहोरालाई चेकजाँच गर्ने क्रममा उनले लगाएको कालो रंगको हुडीमा लुकाई छिपाई ल्याउँदै गरेको ६ ग्राम २१० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

बोहोरालाई नियन्त्रणमा लिई ईप्रका काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले बताएकाे छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *